९९ चलचित्र छनौट भएर प्रदर्शन गरिने एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा आफ्नो चलचित्रलार्इ स्थान दिलाउन सफल निर्देशक रजिला श्रेष्ठ अहिले निक्कै उत्साहित छिन् । चलचित्र अध्यन गर्ने क्रममा निर्देशन गरेको चलचित्र "माइला दाइ" यो बर्ष एकादेशमाको "Future Of Cinema" विधा अन्तर्गत प्रदर्शन गरिनेछ ।
यो पनि हेर्नुहोस् : चलचित्र "Theatres Of Reality" यसपटकको "एकादेशमा"
"माईला दाइ लघु वृतचित्रमा 2072 सालको महाभुकम्पपछि एउटा साधारण मान्छे माईला दाइको सोच र निर्णयले कसरी पुरा गाउँनै धेरै कम समयमा पुनः निर्माण भएको थियो भन्ने विषयवस्तु समेटिएको छ भने उहाले कसरी आफ्नो स्वार्थ नहेरी गाउँको बिकास र उन्नतिका लागि पुर्याउनु भएको योगदान र उदाहरणिय कामहरु प्रस्तुत गरिएको छ । परिवर्तनका लागि एउटा सोचनै काफी हुन्छ भन्ने एउटा जिवन्त उदाहरण हो माईला दाइ ।" निर्देशक रजिला श्रेष्ठले हाम्रो पात्रो संगको कुराकानीमा बताइन ।
माइला दाइको बारेमा अझ बृस्तित जानकारी पाउन निर्देशक रजिलासंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
Liked by: