कस्तो बनेको छ चलचित्र "फाटेको जुत्ता"? समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ चलचित्र "फाटेको जुत्ता"? समीक्षा




   मन्दिप गाैतम - Nov 03 2017
चलचित्र "फाटेको जुत्ता" समीक्षा

सौगात मल्ल र प्रियंका कार्की स्टारर चलचित्र “फाटेको जुत्ता” यो साताबाट प्रदर्शनमा आएको छ । चलचित्रको कमेडीले भरपुर ट्रेलर दर्शकले अत्याधिक रुचाएका छन् । निर्देशक निकेश खड्काले निर्देशन गरेको यो चलचित्र ले के उनले भने जस्तै दर्शकको मनोरञ्जन गर्न सक्छ त ? आखिर कस्तो बनेको छ चलचित्र "फाटेको जुत्ता" ? आउनुहोस् जानौं यो चलचित्रको समीक्षामा ।

यो पनि हेर्नुहोस् : निर्देशक निकेश खड्कासंगको कुराकानी

प्लट
कुनै बेला गाँउमा एउटा स्थापित डनको छोरा मिन्टु (सौगात मल्ल) अहिले त्यहि गाँउको डन बन्न चाहन्छन् । उनको विवाह सानैमा रबिन्द्र झाकि छोरी इन्दु अर्थात प्रियंका कार्कीसंग भएको हुन्छ तर प्रियंका काठमाडौँ पढ्न जन्छिन् र फर्केर आएपछि उनलार्इ सौगातसंग कुनै सम्बन्ध राख्नु छैन । "फाटेको जुत्ता" सरह बेकार भएको सौगात अब भने इन्दुलार्इ पाउन उनको बुवा रबिन्द्र झा भन्दा ठुलो डन हुन चाहन्छन्, त्यसपछि सौगातले के कदम चाल्छन् र कसरि आफ्नो सपना साकार बनाउन खोज्छन , यो सबै कुरा जान्न यँहाहरुले चलचित्र हेर्नपर्ने हुन्छ ।

कथा, पटकथा र संवाद
निरोज महर्जनको लेखन त्यति प्रभावशाली देखिदैन । उनले बेला बेलामा थोरै रमाइला क्षण भने अवश्य दिएका हुन् , तर त्यो भन्दा धेरै दृश्यहरु जहाँ कमेडीको लागि मेहेनत गरिएको छ त्यस्ता थुप्रै दृश्यहरु कमजोर छ । उनको पटकथा कमजोर छ । पहिलो हाफले कुनै प्रभाव पर्दैन, जसोतसो हँसाए पनि न त प्रियंका र सौगातको प्रेम सम्बन्ध मजाले देखाइन्छ न अरु केहि रोचक मोड कथाले लिन्छ । दोश्रो हाफ थुप्रै सम्भावना बोकेर सुरु त हुन्छ तर धेरै संघर्ष बावजुद लेखक निरोजले दृश्यहरुमा रोमान्चक खासै केहि दिन सकेका छैनन् । उनको ट्वीस्टहरु प्रभावशाली छैनन् । त्यसबाहेक चलचित्रका संवादहरुले भने चलचित्र इन्गेजिंग बनाउन ठुलो भूमिका खेलेको छ ।

कलाकार
सौगात मल्लले थुप्रै मधेशको पात्रहरुमा अभिनय गरेपनि उनको प्रस्तुति थोरै भिन्न अवश्य छ, उनले तारिफयोग्य काम गरेका छन् । कामेश्वर चौरसिया उत्कृष्ट छन् भने अनोज पाण्डे पनि ठिक छन् । रबिन्द्र झाले भने फेरी आफ्नो प्रस्तुतिबाट सबैको मन जीत्ने छन् । वर्षा राउत केहि दृश्यहरुमा देखिन्छिन् र दर्शकलार्इ उनको उपस्थिति मनपर्छ ।
प्रियंका कार्कीको पात्र भने त्यति मजाले लेखिएको छैन, उनि ओझेलमा पर्छिन ।


प्राविधिक पक्ष र संगीत
इमाम बिक्रम शाहको ब्याकग्राउण्ड म्युजिका केहि खास छैन , निरज कंडेलको छायांकन ठिक छ भने दिर्घ खड्काको सम्पादन ठिक ठाक मात्र छ।प्रवेश मल्लिकको आइ एम सरि चलचित्रको उत्कृष्ट गीत हो । त्यसबाहेक चोली बोलको गीतले भने त्यति असर गर्दैन ।

निर्देशन
निर्देशक निकेश खड्काको काम कमजोर देखिन्छ । चलचित्र लाइ बिना लजिकको मनोरञ्जनात्मक बनाउने उनको उद्देश्य मा पनि उनि चुकेका छन् । मध्यान्तर पछाडीको खुला चौरमा चर्पी गर्न बसेका साथिहरुको दृश्य ले उनको कमजोरीको बयान गर्दछ । उनलाई दर्शक हसाउनु थियो , चाहे कसो गरि । थुप्रै दृश्य हरु अनावश्यक छन् भने आवश्यक परेको ठाउमा भने विवरण कम छ । उनको चलचित्रले कसोगरी दर्शकलाई बाधेर त राख्छ तर उनले "फाटेको जुत्ता"लाइ एउटा स्तरीय चलचित्र भने बनाउन सकेका छैनन ।

समीकरण
राम्रो संवाद र कलाकारहरुको अव्वल प्रस्तुतिको कारण चलचित्र "फाटेको जुत्ता' हेरुन्जेल ठिक लाग्दछ तर कमजोर पटकथा र निर्देशनको कारण ट्रेलर हेरेर धेरै अपेक्षा बोकेर हल पुगेका दर्शकले भने निरास भएर फर्कन सक्ने धेरै सम्भावना छ ।

रेटिंग : २.५ / ५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.