चलचीत्र बाहुवलीबाट नेपाली चलचीत्रले सिक्नुपर्ने ५ वटा कुराहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचीत्र बाहुवलीबाट नेपाली चलचीत्रले सिक्नुपर्ने ५ वटा कुराहरु




   Suyog Dhakal - May 02 2017

सुपरहिट बाहुवली चलचीत्रले संसारभरिमा अरबौँको ब्यापार गरेको छ, फेसबुकदेखि ट्वीटरसम्म पनि वहुतै चर्चा र दर्शकहरुको माया पाएको यस चलचीत्र बाहुवली वास्तवमै भन्ने हो भने प्रावीधीक रुपमा विश्व गुणस्तरकै रहेको छ, कथा भनेँ कसैलाई राम्रो लाग्नु र नराम्रो लाग्नु स्वभावीक नै हो तथापी प्रस्तुतीका हिसाबले चलचीत्र अब्बल र संझनलायक चाँही छ । भारतीय चलचीत्रबाट नेपाली चलचीत्रले सिक्नु, नेपाली चलचीत्रबाट भारतीय चलचीत्रले सिक्नु अत्यन्त स्वभावीक कुरा हो, कलाको आदान प्रदान र विकास नै यसैगरि त हुन्छ, हैन र ?

पहिलो भागमा दोश्रो पुस्ताको बाहुवलीको कथा समेटेको यस चलचीत्रको दोश्रो सँस्करण भने पहिलो पुस्ताको बाहुवलीको रहेको छ, अलग्गे धारमा प्रस्तुत यस चलचीत्रले नेपाली चलचीत्रकर्मीहरु दिन सक्ने ५ वटा सन्देश या भनौ पाठहरु यहाँ प्रस्तुत गर्न जाँदैछौ ।

पाठ नं १
सभ्य र भब्य

सभ्य ग्ल्यामरको प्रयोगले पनि चलचीत्र हिट हुन सक्छ ,
वर्तमान समयमा धेरै जसो नेपाली चलचीत्रहरु भद्धा ग्ल्यामर , आईटम गीत अनि चलनचल्तीका नाममा अश्लील शब्दहरु सहित प्रस्तुत हुन थालेका छन् । तर बाहुवलीको दुबै सुपरहिट सँस्करणले न त कुनै भद्धा ग्ल्यामर प्रस्तुत गरेका छन् न त कुनै अश्लील शब्द नै , नेपाली चलचीत्रकर्मीले पनि यसता कुरावाट केही सिक्ने पो हो कि ?

यो पनि हेर्नुहोस् : कथाकार - 'ओ माई भूत !'

पाठ नं २
ऐतिहासिक अध्ययन र प्रस्तुती जरुरी छ

शायद अब दर्शकहरुले कार, गाडी, प्रेम, हवाईजहाज, यूद्ध लगायत आधुनिक आयामका धेरै चलचीत्रहरु हेरिसकेकाले हुनसक्छ, चलचीत्र चासो ईतिहास तर्फ फर्कदै छ ।
अहिलेको भन्दा अगाडीका, ईतिहासमा वर्णन गरिएका जिवनशैली अनि परिवेश अहिलेको माग हो । माहिसस्मती राज्यको कथा बाहुवलीमा पुरानो जिवनशैली, दर्शन र घटनाक्रमलाई गरिएको उत्साहजनक प्रस्तुतीनै आकर्षणको केन्द्रविन्दु हो, नेपाली ईतिहास र पृष्ठभुमी केलाएर बाहुवलीजस्तै बिर योद्धाका वारेमा एउटा गज्जबको चलचीत्र कसो नचल्ला ?
हुन त हो, यस्ता चलचीत्र बनाँउन खर्च भनेँ गज्जबनै लाग्दछ, तर वर्षमा फुटकर धेरै चलचीत्र बनाँउनको साटो एउटै चलचीत्रलाई विश्वब्यापी लिएर जाने सोचका साथ बनाँउदा कसो होला ?

पाठ नं ३
बहुभाषीक चलचीत्र

बाहुवली वास्तवमा हिन्दी भाषामा नभएर दक्षिण भारतीय तेलगु भाषामा तैयार गरिएको चलचीत्र हो ।पछी यो चलचित्रलार्इ तमिल र मलायाम भाषामा पनि प्रस्तुत गरियो । राम्रो चलचीत्र बनाँउनकालागी भाषा गौड र कथा मुख्य कुरा हो । नेपाली चलचीत्रले पनि क्षेत्रीय चलचीत्रहरु जस्तै भोजपुरी, तामांग, मैथिली, थारु आदी चलचीत्र अनि कथाहरुसँग सहकार्य गर्न पनि त सक्छ नि, सक्दैन र ?

पाठ नं ४
चलचीत्रमा भीएफएक्स या ग्राफिक्सको प्रयोग

नेपाली चलचीत्रहरुमा यदाकदा कुनै सिन विशेष या घटना विशेषमा मात्र फितलोरुपमा प्रयोग गरिने भीएफएक्सलाई मन खुकुलो गरेर चलचीत्रको गुणस्तर र सिनको रोमाञ्चकतामा अझ उत्कर्ष थप्नकालागी प्रयोग गर्न जरुरी देखिन्छ ।
बाहुवलीमा भीएफएक्सको जोडदार प्रयोगले बहुत शानदार बनाएको छ । फेरि भीएफएक्सको प्रयोग गर्दा हुने लागतको आँकलन भने अत्यन्त महँगो र समय खर्चिलो पनि छ , तथापि नेपाली चलचीत्र क्षेत्रले भीएफएक्सको प्रयोगवाट विश्व मापदण्डमा आफूलाई पनि ल्याउनुपर्ने कुराको भने बिकल्प छैन ।

पाठ नं ५
उचित तैयारी

चलचीत्र वनाउन लेखक, अध्यनकर्ता, निर्देशक अनि कलाकारहरुले पनि प्रशस्त समय दिएर मात्र शुटिगं शुरु गर्दछन् । भनाँई नै छ नि तातो खाँउ जली मरौ भन्ने, तसर्थ नेपाली चलचीत्तहरुले पनि प्रशस्त समय दिएर कथा, पात्र र कलाकार तयार गर्नुपर्ने कुरा बाहुवलीले दिएको छ ।
चलचीत्रका नायक प्रवास स्वंले पनि वर्षौ लगाएर चलचीत्रका लागी शरीर अनि वजन वढाएको, अभ्यास गरेको कुराहरुले वास्तवमा चलचीत्रका लागी तैयारीको आवश्यक्ता वहुत जरुरी रहेको वताँउदछ ।
लौ है नेपाली चलचीत्रका कर्मयोगी अनि पंडितहरु अनि सासाथै तपाँईहामी जस्ता नेपाली चलचीत्रका भलाई सोच्नेहरु, यी कुराहरु हामीले पनि मनन गर्न जरुरी छ ।

सबैको जय होस्
नेपाली चलचीत्र पनि एकदिन संसारभरिका सैयौ भाषाहरुमा हलहरुमा एकैसाथ प्रदर्शन होस्, सिनेमाका गुणस्तर वढ्दै जाउन् ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.