‘घामपानी’को तामाङ सेलो गीत | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

‘घामपानी’को तामाङ सेलो गीत





दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र  फुलकुमार बम्जनको शब्द सुन्न पाइन्छ । गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका हुन् ।


गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको सन्दर्भ गीतले खुलाउँछ ।


‘घामपानी’ फिल्ममा तामाङ सेलो गीत पस्किन पाउँदा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताए । संगीतकार दोङका अनुसार नेपाली भाषाको फिल्मका लागि सेलो कम्पोज गर्न पाउँदा खुसी लागेको सुनाए । फिल्मका लागि अरु सेलोभन्दा बढी मिहेनत गरिएको उनको दावी छ ।

वैशाख १ गते रिलिज हुने ‘घामपानी’मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । फिल्मको माग अनुसार नै तामाङ सेलो समेटिएको निर्देशक लामाले अवगत गराए । गीतले फिल्मको प्रमोसनमा फाइदा पुग्ने पनि उनको आशा छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 128.93
  • 129.61
  • UK pound sterling
  • 147.25
  • 148.03
  • Swiss franc
  • 113.5
  • 114.1
  • Australian dollar
  • 81.43
  • 81.86
  • Canadian dollar
  • 85.99
  • 86.45
  • Singapore dollar
  • 83.99
  • 84.43
  • Japanese yen (10)
  • 10.3
  • 10.35
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.36
  • 30.52
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 31
  • 31.16
  • Malaysian ringgit
  • 27.87
  • 28.01
  • Korean Won (100)
  • 10.11
  • 10.17
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 17.28
  • 17.37

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम