"शत्रु गते"मा बद्रि बिग्रिएका छैनन् : हरिबंश आचार्य | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"शत्रु गते"मा बद्रि बिग्रिएका छैनन् : हरिबंश आचार्य





कुनै बेला "तँ त साह्रै बिग्रिस नि बद्रि" चलचित्रमा बिग्रिएका बद्रिको छबि बनाएका बरिष्ट कलाकार हरिबंश आचार्य लामो समय पछी फेरी चलचित्र "शत्रु गते" मार्फत ठुलो पर्दामा फर्किएका छन् । तर यसपटक "हरिबहादुर" या "बद्रि" जस्तै उनि बिग्रिएका छैनन् ।

"जात्रा" फेम प्रदीप भट्टराईले निर्देशन गरेको दोस्रो चलचित्र "शत्रु गते" अहिले नेपाली चलचित्र प्रेमीहरुले निक्कै नै प्रतिक्षा गरेको चलचित्र हो । किरण के सी प्रस्तोता रहेको यो चलचित्र यसमा भएको ठुला ठुला कलाकारको नामले मात्र चर्चामा आएको हैन । सित्तिमित्ति ठुलो पर्दामा काम नगर्ने मह जोडीको उपस्थितिले पनि चलचित्र प्रेमीहरुलाई शत्रु गतेबाट धेरै अपेक्षा गर्न बाध्य बनाएको हो ।

यहि चैत्र ९ गते प्रदर्शनमा आउने यस चलचित्रको पहिलो गीत "रुपै मोहनी" सार्वजनिक भएको केहि समयमै दर्शकले गीतलार्इ राम्रो प्रतिक्रिया दिएका छन् र सोहि गीतमा धेरै पछी हरिबंश आचार्यलार्इ खुलेर नाचिरहेको देख्न सकिन्छ । दीपाश्री निरौलासंग जोडी भएर यस चलचित्रमा काम गर्नुभएको कलकार हरिबंश आचार्यसंग हाम्रोपात्रोले शत्रु गते चलचित्र र चलचित्रमा उनको पात्रको बारेमा थुप्रै कुराकानी गरेका छौ ।

उहासंगको कुराकानी तल रहेको भिडियोमा हेर्न सक्नुहुनेछ ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.