Hatti Dhungama Trending At One | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / मनोरञ्जन

पहिलो नम्बरमा ट्रेनडिंग प्रेमगीत ३ को "हात्ती ढुंगामा"





बहुप्रतिक्षित चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक भएको एकदिन पछि नै युट्युब ट्रेनडिंगको पहिलो नम्बरमा पर्न सफल भएको छ। चलिआएको नेपाली सङ्गीतको स्वाद भन्दा बिल्कुलै फरक अन्दाजमा प्रस्तुत भएको "हात्ती ढुंगामा" बोलको गीत दर्शकहरुको अपेक्षामा उत्रन सफल भएको हो। निर्माता निर्देशक सन्तोष सेनले चलचित्रको कथाको माग अनुसार चाहिने सङ्गीत र नृत्यको छनौट यस गीतमा गरेको हाम्रो पात्रोसँग को कुराकानीमा बताउनुभयो। सार्वजनिक भएको गीत चलचित्रमा हेर्दा दर्शकले झन् थप मनोरञ्जन प्राप्त गर्नेमा निर्माता सेन विश्वस्त हुनुहुन्थ्यो। 



कल्याण घिमिरेको सङ्गीत रहेको यस उत्कृष्ट गीतमा सुपरस्टार प्रदीप खड्का भिन्न अवतारमा देखिएका छन् भने उनले यस चलचित्रको लागि कडा परिश्रम गरेको कुरा स्क्रिनमा देखिएको छ। नायिका क्रिष्टिना गुरुङ्गले पनि आफ्नो अव्वल प्रस्तुति दर्शकमाझ प्रस्तुत गरेकी छिन्।

सागर आले र मेलिना राईको स्वर रहेको यस गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने गीतको छायाँकन मनाङ्गको चुनौतीपूर्ण मौसममा गरिएको हो। चैत्र २८ गते देशव्यापी रुपमा प्रदर्शनमा आउने यस चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले निर्देशन गरेका हुन् भने चलचित्रका निर्माता स्वयम् निर्देशक सन्तोष सेन आफैँ हुन्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.