प्रदर्शनको लागि अब मात्र ६ दिन बाँकी छ , चलचित्र "म यस्तो गीत गाँउछु"को निर्माण पक्षले आफ्नो चलचित्रको प्रचारको लागि केहि कसर बाकि नछाडेको देखिन्छ । शुक्रवार चलचित्रको नायक नायिकालार्इ चितवन बासीहरुले हात्ती माथि बसेर शहरमा डुली रहेको देख्न पाए ।
यो पनि हेर्नुहोस् : पल र पूजाले "भन्छन् आज मनका कुरा"
सुपरहिट गीत “भन्छु आज” ले अहिले देशभर बाटै राम्रो प्रतिकृया बटुलिरहेको बेला उक्त गीतमा देखिएका आकर्षक जोडी पल र पूजालाई हात्ती माथि आफ्नै शहरमा देख्दा चितवन बासीहरु मक्ख थिए । तसर्थ , मौसमले साथ नदिएपनि, भारि बर्षमा समेत फ्यानहरु आफ्नो नायक नायिकालाई एकलै पारेर गएनन् । पल र पुजाको क्रेजलार्इ बर्षाले समेत कुनै बाधा पुर्याएन ।
पल र पुजा संगसंगै बरिष्ठ कलाकार सरोज खनाल समेत उपस्थित थिए । सुदर्शन थापा निर्देशित यो चलचित्र असार ३० गते रिलिज हुँदैछ । चितवनमा प्रचार सकेर अब चलचित्रको टिम बुटवल हुदै पोखरा जाने तैयारीमा रहेको छ ।
Liked by: