Hawahuri Pidit Pradeep Ra Govinda Ko Sahayog | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

हावाहुरी पीडितलाई प्रदीप र गोविन्दको सहयोग





आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशन टिमले दुःख व्यक्त गरेका छन् । पछिल्लो विवरण अनुसार सो प्रकोपबाट बारमा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय जना भन्दा बढी घाईते, हजारौं घर बेघर र करोडौंको क्षती भएको छ । हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् ।

सो घटनापछि राहतको लागि अपिल गर्दै सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै लभ स्टेशन टिमले सहयोगको घोषणा गरेको छ । आफु र चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् । हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताएका छन् ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेशन २२ चैतबाट देशव्यापी सिनेमा हुँदैछ । यो चलचित्रमा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबीक्रम शाहीले निर्माण गरेका हुन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.