कसरी बन्यो चलचित्र संरक्षण ?- कुराकानी | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कसरी बन्यो चलचित्र संरक्षण ?- कुराकानी




निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जनसंग कुराकानी

निखिल र सौगातले एकसाथ काम गरेको चलचित्र “संरक्षण” का निर्माण पक्ष आफ्नो चलचित्रको प्रचार प्रसारमा कुनै कमि बाकि राख्न चाहदैनन् , कारण देशमा अहिले क्स्तो किसिमको राजनीति हुदैछ भनि बुझ्न पनि सबैले यो चलचित्र हेर्नै पर्ने भएकाले सक्दो धेरै भन्दा धेरै दर्शकमाझ यो चलचित्र पुगोस् भनि निर्माण पक्ष चाहान्छन् । हुन त अहिले सम्म सार्वजनिक भएका चलचित्रका तीन गीत र ट्रेलर हेरेपछि यो चलचित्र अहिले चलचित्र प्रेमीहरुमाझ चर्चाको बिषय बनेको छ ।

यो पनि हेर्नुहोस् : यूरोपमा तीज धमाका विशेष कार्यक्रम हुने

हाइ बजेटेड यो पोलिटिकल ड्रामा मा निखिल र सौगातको अलावा मलिना जोशी , अशिष्मा नकर्मी , प्रमोद अग्रहरी, कामेश्वोर चौरसिया जस्ता कलाकारको सशक्त अभिनय देख्न सकिन्छ ।
शुटिंगको तस्विर

नव निर्देशक पुर्णेन्दु झाले र निर्माता नरेन्द्र महर्जन , प्रदीप कुमार उदय , नन्दु श्रीवास्तव र श्वेता शाहले ४ बर्षको कडा परिश्रम पछी बल्ल आएर संरक्षण पुरा गर्न सम्भव भएको र यो चलचित्रले नेपाली चलचित्रहरुको स्तर झन् बढाउने उनीहरुको आशा रहेको छ ।
शुटिंगको तस्विर

"संरक्षण"कै प्रचार प्रसारको क्रममा हाम्रो पात्रोको स्टुडियोमा आइपुग्नु भएको निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जनसंग हामीले चलचित्र निर्माण गर्दाको दुख, कष्ट र आखिर कस्तो बनेको छ चलचित्र संरक्षण भन्ने बिषयमा थुप्रै कुराकानी गरेका छौ । उहाहरुसंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।


चलचित्र यहि श्रावण २७ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.