कस्तो बनेको छ एक सटमा चलचित्र जालो ? – समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ एक सटमा चलचित्र जालो ? – समीक्षा




   मन्दिप गाैतम - Jun 02 2017
चलचित्र जालो समीक्षा

एक सटमा बनेको चलचित्र भनेर दर्शकमाझ चर्चामा रहेको चलाचित्र जालो यो हफ्ता प्रदर्शनमा आएको छ । गिनिज बुकमा नाम लेखाउने प्रयासमा रहेको यो चलचित्रको आज हामि हाम्रो पात्रोको समीक्षामा के चलचित्र जालो एक सटमा खिचिएको भएर मात्र दर्शक हेर्न जाने कि यस चलचित्रको कथाबस्तु र प्रस्तुतिको कारणले गर्दा हल सम्म पुग्ने भन्ने कुराको जानकारी दिदैछौ आज चलचित्र जालोको समीक्षामा ।

प्लट

भुपेन्द्र जबरा अर्थात निर शाह नेपालकै धनि उद्योगपति हुन् । उनको एउटा सानो सुखी परिवार छ ।एकदिन एउटा अनौठो फोन कल आएपछि उनको घर परिवारमा आएको समस्याको लहरहरुको जालोमा नै यो चलचित्रको कथा घुमेको छ । त्यो फोन कलहरु के कस्ता समस्याहरु लिएर आएका छन् ? निर शाहको जीवनमा कसले र किन समस्याहरु दिईरहेका छन् । यो सबै उत्तरहरु पाउनको लागि यँहाहरुले चलचित्र जालो हेर्नपर्ने हुन्छ ।

यो पनि हेर्नुहोस् : यसरी बन्यो एक सटमा चलचित्र जालो (हेर्नुहोस् भिडियो) 

कथा, पटकथा संवाद
निर्देशक अराज केशबकै कथा र पटकथा रहेको यो चलचित्र पर्दामा चलुन्जेल दर्शकलार्इ बाधीराख्ने छ ।सर्वप्रथम त एक सटमा चलचित्र खिच्ने उनको परिकल्पना नै चलचित्रलार्इ इन्गेजिंग बनाउन पर्याप्त थियो । तर पनि एउटा मजबूत स्क्रिप्ट पक्कै पनि चलचित्रको लागि जरूरी थियो र स्क्रिप्टमा अराज केशबको प्रयास तारिफयोग्य छ । उनको पटकथा खासगरी अव्वल छ । चलचित्र सुरु भएको केहि बेरमा दर्शकहरु उनको लेखनको जालोमा पर्न सुरु हुन्छन् । दोस्रो हाफमा भने थुप्रै दर्शकहरुले चलचित्रमा लजिक खोज्न थाल्नेछन। त्यहाँ निर गएर अराजको पटकथा थोरै मात्रामा चुकेको देखिन्छ । के साच्चै प्रहरीको कडा निगरानी भएको घरको एउटा कुनामा अपराध भैरहेको कुरा प्रहरीको नजरमा पर्दैन ? अराजको अर्को कमजोरी भनेको मेनुका प्रधानको पात्रलार्इ समयमै स्थापित गराउन नसक्नु हो , जसले गर्दा कथा दोस्रो हाफ तिर पुगेपछि अनुमानित बन्न पुग्दछ । तर पटकथा यति छिट्टो सललल बगेको छ कि दर्शकहरुले चलचित्रमा धेरै लजिक खोज्ने समय नै पाउदैनन् । एक सटमा यो चलचित्र बन्नु पनि यो कुराको लागि फाइदा भएको हुनुपर्छ ।

चलचित्रका संवादहरुले भने खासै प्रभाव पार्दैनन् , अनुमान गर्न सकिन्छ धेरैजसो संवादहरु स्क्रिप्टमा लेखिएका भन्दा सीधै खिच्दा खेरि कलाकारहरुले परिमार्जित गरेका छन् । समग्रमा जालोको स्क्रिप्ट राम्रो छ , केहि कुराहरुमा लजिक नभेटिएपनि त्यसले खासै प्रभाव भने पार्दैन ।

कलाकार
नेपाली चलचित्र जगतमा जालो जस्तो एउटा चुनौतिपूर्ण चलचित्र बन्दा कलाकारको जिम्मा आफ्नो काधमा सम्हाल्न बरिष्ठ कलाकार निर शाह भन्दा अर्को नाम सायदै सुहाउथ्यो होला । निर शाहले आफ्नो कलाकारिताको अनुभव यो चलचित्रमा पस्केका छन्, उनि अव्वल छन् । मेनुका प्रधान जालोको पोस्टरमा एउटा चर्चित अनुहार हुन् , उनको पोस्टरको अभिव्यक्ति सबैले ख्याल गरेका हुन्छन , यस्तोमा चलचित्रमा निक्कै बेर उनको पात्रलार्इ महत्व नदिनु पक्कै पनि चलचित्रको सस्पेन्सको पक्षमा जादैन । उनको काम सदाझै अव्वल छ । बाकि सिनियर कलाकार लक्ष्मी गिरि देखि नवकलाकार निराजन प्रधान र मुना गौचन सबैको काम राम्रो छ । रेमन दास र प्रकास श्रेष्ठले पनि तारिफयोग्य काम गरेका छन् ।

प्राविधिक पक्ष र संगीत
छायांकार हरि घले लामाले जालोलार्इ सफल बनाउन एउटा मुख्य भूमिका खेलेका छन् । चलचित्रलार्इ एक सटमा खिच्दा सबैभन्दा चुनौतीको काम हरि घले लामाकै रहेको छ । यस्तोमा उनको कामलार्इ कमेन्ट गर्नु जायज हुदैन । तर घरको मूल ढोकामा खिचिएका दृश्यहरुले थोरै भएपनि दर्शकको ध्यान भड्काउदछ , त्यो लोकेसनलार्इ सक्दो कम प्रयोग गर्दा राम्रो हुनेथ्यो । त्यसबाहेक सम्पादनमा प्रयोग भएका केहि इफेक्टहरु चित्त बुझ्दैनन् । चलचित्रको भियफएक्समा राम्रै नामहरु देखिएपनि काम भने त्यति सन्तोषजनक देखिदैनन् । संगीतमा “ बाउ बाजेको पालाको” बोलको एउटा गीत छ , गीतको जरुरत चलचित्रमा नदेखिएपनि उक्त गीतलाई एक सटमा हेर्दा बेग्लै आनन्द आउदछ । निर्माता मोहित मुनालको ब्याकग्राउण्ड स्कोर सन्तोषजनक छ ।


निर्देशन
अराज केशबले आफ्नो दोस्रो चलचित्रमै एउटा ठुलो चुनौतिपूर्ण कार्य आट्नु उनको हिम्मतको उदाहरण हो । उनले यो चलचित्रलार्इ चनाखो भएर निक्कैनै सतर्कताका साथमा सफल बनाएका छन् । उनको फिल्म एक सटमा नभएको भएपनि एउटा राम्रै चलचित्र बन्ने पक्का थियो । चलचित्र एक सटमा खिचिनुले जालोमा सुनमा सुगन्ध भरेको छ । एक सटमा खिचिएको हुदा गल्ति गर्ने ठाउँहरु प्रसस्तै हुन सक्छन् , त्यहिभएर पनि जालोमा थुप्रै सानो सानो गल्तिहरु देखा पर्न सक्छन । तर समग्रमा अराज केशब आफ्नो प्रयासमा सफल भएको उदाहरणनै हो चलचित्र जालो । अराज,मोहित मुनाल र टिम बधाईका पात्र हुन् ।

समीकरण
जालो एउटा उतार चढावले भरिएको मनोरञ्नात्मक चलचित्र हो । दर्शकहरुले चलचित्र हेर्दा समय गुज्रिएको महसुस नै गर्दैनन् । एक सटमा खिचिएको हुदा पनि एक पटक सबै चलचित्र प्रेमीहरुले यो चलचित्र हेर्ने पर्ने हुन्छ । 

रेटिंग : ३.५/५ (सम्माननीय प्रयास, बाधीराख्ने प्रस्तुति)  



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.