चलचित्र जालो र जालो रिटर्नस मार्फत नेपाली चलचित्र उधोगले बिश्व चलचित्र जगतमा ईतिहास रच्दैै छ। बिश्व र्कतिमानि रेकर्ड गिनिज वर्ल्ड रेकर्डमा
१ . एक सटमा खिचिएको दुर्इ चलचित्र
२ . लामो एक सट चलचित्र
३. लामो एक सट चलचित्र खिच्ने छायाँकार
४. लामो एक सट चलचित्र लेख्ने लेखक र निर्देशन गर्ने निर्देशक
५. लामो एक सट चलचित्रमा अभिनय गर्ने कलाकारहरु
गरि थुप्रै बिधामा टाईटल लिने तयारिका साथै पुुर्ण ब्यवसायिक मनोरञ्जनात्मक चलचित्र बनाई दर्शकहरुलाई सन्तुष्टी पुर्याई नेपाली चलचित्र जगतको नाम बिश्वमै फैलाउने उद्धेश्यले बनेको चलचित्र हो ।सस्पेन्स थ्रिलर जनरामा तयार भएको पुुर्ण व्यवसायिक ३ घण्टा ५३ मिनेट एकै चोटि खिचिएको चलचित्र हो जालो र जालो रिटर्नस् ।
यो पनि हेर्नुहोस् : जालोको बारेमा अराज केशब र मोहित मुनालसँग कुराकानी
सम्पुुर्ण टिमको मेहनतले करिब ६ महिना जतिको रिसर्च र १९ दिनको वर्कसप पछि २० औ दिनमा तेस्रो टेकमा फाईनल भएको थियो जालो र जालो रिटर्नस ।
यस्कालागि सिनेमाटोग्राफरलाई योगा देखि जिमको बिशेष तालिमका साथ दिनहुु व्यायाम गर्नुु पथ्र्यो
"संसारलेनै नआटेको कुुरा हामि नेपालिले आटनुु त्यो पनि सिमित उपकरणका बाबजुुत , अरुले बिस्वास गरोस त कसरी गरोस , तर पनि हाम्रो टिमले हिम्मत हारेन, लागि रहे यो प्रेजेक्टलाई सफल पार्न र मंसिर १५ गतेका दिन हामि सफल भयौ ।" निर्माण पक्षले जानकारी दिए ।
ट्रेलर यहाँ हेर्नुहोस् :
जालोमा २ र जालो रिटर्नसमा ३ गरि जम्मा ५ वटा गितहरु छन ।चलचित्रमा मुख्य कलाकारहरु निर शाह , प्रकाश श्रेष्ट , प्रमिला खनाल, अनुप बिक्रम शाहि , रेमन दास श्रेष्ठ , मेनुुका प्रधान आदिको अभिनय देख्न सकिनेछ ।
चलचित्र जालो यहि जेष्ठ १९ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउदै छ ।
Liked by: