कबड्डी ४ टिमको शहर यात्रा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कबड्डी ४ टिमको शहर यात्रा





कबड्डी ४ बहु प्रतीक्षित नेपाली चलचित्र हो । यस भन्दा अघिको तिन वटै शृङ्खला आम दर्शककाबीचमा चर्चित छ । प्रदर्शनको पूर्व सन्ध्यामा कबड्डी टिमले देशका विभिन्न शहरमा पुगेर अन्तरक्रिया कार्यक्रम गरेको थियो । जेठ १३ गते देखि प्रदर्शनमा आउन लागेको कबड्डी ४ चलचित्रको प्रचार प्रसार तथा कलाप्रेमीका बिचमा अन्तरक्रिया गर्न कबड्डी टिमले यो यात्रा गरेको थियो ।

यही जेठ २ ते कबड्डी टिम दमक पुग्यो । फिल्मको प्रचार प्रसारका लागि कलाकारहरू गोरखा डिपार्टमेन्टमा जम्मा भएका थिए । दयाहाङ राई , मिरुना मगर, विजय बराल, उपेन्द्र सुब्बा आफ्ना दर्शक तथा शुभचिन्तकहरुसँग अन्तरक्रिया गर्न दमक पुगेका थिए । उत्साहजनक कार्यक्रममा करिव ५००० दर्शकको सहभागिता रहेको थियो ।

दमक पछि कबड्डी टिम इटहरी पुग्यो । इटहरी पुगे पछि कलाकारको टोलीमा बुद्धि तामाङ पनि थपिए । जेठ ३ गते सम्पन्न भएको उक्त कार्यक्रम भाटभटेनी सुपर मार्केटमा भएको थियो । करिव ६००० भन्दा बढि कलाप्रेमीको सहभागिता रहेको कार्यक्रम निकै फलदायी भएको थियो । 

इटहरी पछि कबड्डी टिम जेठ ४ गते नारायणगढ पुग्यो । नारायणगढमा बुद्धि तामाङ कतै छुटे तर कलाकारको टोलीमा बमकाजी अर्थात सौगात मल्लको प्रवेश भयो । नारायणी तिरमा ५००० भन्दा बढि दर्शकका बिचमा अन्तरक्रिया सफलता पूर्वक सम्पन्न भयो ।

नारायणगढ पछि कलाकारको उक्त टिम बुटवल पुग्यो । जेठ ५ गते सारा बुटवल कबड्डि मय बन्यो । बुटवलको सिद्देश्वरि माविमा करिव ५५०० भन्दा बढि कलाप्रेमीहरू उत्साहका साथ जम्मा भएका थिए । कलाप्रेमीको उत्साहजनक सहभागिताले कार्यक्रम सफलताका साथ सम्पन्न भयो ।

नारायणगढको कार्यक्रम पश्चात कबड्डीको सोही टोली पोखरा पुग्यो । हलचोक चौरमा करिव ५००० भन्दा बढि दर्शकका बिचमा कार्यक्रम सम्पन्न भयो । यस अन्तरक्रिया कार्यक्रममा पनि कलाप्रेमीको उत्साहजनक सहभागिता थियो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.