Karnadas Ekal Saajh | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

गायक कर्णदास सहयोगको लागि एकल साँझ गर्दै





पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआईभीबाट पीडित छन् । उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभीसम्बन्धी जनचेतना जगाउने काममा लागेका छन् ।

उनै श्रेष्ठ समाजले एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । उनमा सगरमाथा चढ्ने अठोट देखिएको छ ।

पोखरा रत्नचोक–७ का गोपाल श्रेष्ठको सो अठोटलाई साकार पार्न लोकप्रिय गायक एवं संगीतकार कर्णदास आर्थिक संकलन अभियानमा जुटेका छन् । उनी ‘स्टेप अफ क्याम्पियन’ को विशेष समितिको संयोजक पनि हुन् ।

श्रेष्ठको सगरमाथा आरोहणका लागि करिब ४३ लाख रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि देशका विभिन्न स्थानमा कर्ण दास एकल साँझ हुँदै आएको छ । यही फागुन १ गते लायन्स अफ काठमाडौं टेम्पलको आयोजनामा काठमाडौंको म्युज रेस्ट्रोबारमा ‘कर्ण दास एकल साँझ मनोरञ्जनात्मक रात्रीभोज कार्यक्रम’ आयोजना हुँदैछ ।

कार्यक्रममा सहभागी हुन टिकटदर पाँच हजार रुपैयाँ तोकिएको छ । जसमा डिनर र ड्रिंकको पनि व्यवस्था छ । कार्यक्रम माघ फागुन १ गते साँझ साढे ६ बजे आयोजना हुँदैछ । म्युज रेस्ट्रोबार लाजिम्पाट उत्तरढोकामा रहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.