Krishu Chhetri Sayoun Juni Kumar Sanu | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

साहित्यकार कृसु क्षेत्रीको ‘सयौं जुनी’मा कुमार सानुको आवाजको जादू





बलिउडका भेट्रान गायक कुमार सानुको स्वरमालाई युवा संगीतकार युग भुसालको सङ्गीत तथा साहित्यकार कुसु क्षेत्रीको शब्दरचना रहेको 'सयौं जुनी' गीत युट्यूबबाट सार्वजनिक भएको छ । झापाको अर्जुनधारामा जन्मिनुभएका क्षेत्री जापान, म्यानमार, क्यानडास्थित नेपाली कूटनीतिक नियोगहरुमा समेत विभिन्न जिम्मेवारी पुरा गरीसक्नुभएको छ । हाल वहाँ संयुक्त राज्य अमेरीकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा वाणिज्यदूत हुनुहुन्छ 

कुमार सानुको जादूमय स्वरलाई भिडियो दिलीप समनले निर्देशन गरेका हुन जसमा कलाकार निराजन प्रधान तथा अस्मिता लामिछानेको अभिनय रहेको छ ।

मायाँ नै राम्रो पलपल घट्ने जिन्दगीको साटो
एकै ठाउँ पुग्नुलाई किन हिड्नु अलग बाटो ?


गीतकार क्षेत्रीको रचनामा रामकृष्ण ढकालको स्वर रहेको "अचेल पाईलै पिच्छे बिष छर्दैछु म" गीत गतवर्ष सार्वजनिक भएको थियो ।

वाणिज्यदूतको गरिमामामत्र क्षेत्रीको दैनिकी सिमित छैन निरनन्तर कलमका माध्यमबाट समेत निरन्तर साहित्यिक योगदान गर्दै आउनुभएको छ । 
यस अघि क्षेत्रीको सरल शब्दमा गहन अर्थहरुले पाठक हृदय छुने चर्चित पुस्तक "चराको गीत" लगायत "रगतको दरबार", "चौधवर्षपछि" जस्ता दर्जनौं पुस्तक सार्वजनिक भईसकेका छन् ।

अमेरीकामा हुने विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक गतिविधिहरुमा वहाँ सक्रिय रहँदै आउनुभएको छ । क्षेत्रीले नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदानको कदरस्वरुप वहाँ "राष्ट्रिय प्रतिभा पुरस्कार", "भानु द्विशताब्दी स्वर्णसम्मान", "देवकोटा शताब्दी स्वर्ण पदक", "राष्ट्रिय कविता महोत्सव (स्वर्ण पदक)", "ललिता काव्य पुरस्कार", "राष्ट्रिय युवा प्रतिभा पुरस्कार", "त्रिचन्द्र देवकोटा" सम्मान लगायतका सम्मान तथा पुरस्कारहरुबाट विभूषित हुनुहुन्छ ।

भिडियो हेर्नुहोस्ः



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.