चलचित्र "लालजोडी" समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र "लालजोडी" समिक्षा




   Suyog Dhakal - Sep 06 2016

पत्रकार लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्र लालजोडी लाई हास्यप्रधान अर्थात कमिडि चलचित्रकारुपमा पस्किइएको छ ।ज्योति काफ्ले, कवडी चलचित्रमा हैट थेगोले चर्चितभएका वुद्धि तामाङ्ग , टेलिसिरियलमा ए हो त, ल ठिकै छ भन्ने थेगोभएका लगायत विभिन्न सानो र ठुलो पर्दामा देखिइरहेका अनुहारहरु लाई यस चलचित्रमा देख्न सकिन्छ ।छायाङ्गन रामेश्वर कार्कीले गरेका हुन भनेँ मुख्य अभिनेता ज्योति काफ्ले भने आफै टेलिसिररियलमा हामीले पूर्वप्रधानमन्त्री वावुराम भट्टराइका रुपमा नक्कलगरेको देखिआएका कलाकार हुन । तिजका कोसेलीको रुपमा प्रस्तुत गरिएको यो चलचित्रको मुख्य विषयवस्तु भने गरिवी, वेरोजगारी अनि हास्य कोसेलीहरु हुन ।

प्लट
लाल काजी एकजना नवविवाहित काजी हुन् । उनि औसत जिवनयापन गर्ने काठमाडौका डेरावाला वासिन्दा हुन र उन्ले धेरै उपाय लगाएर, अनि षडयन्त्र गरेर केटी पट्याएका अनि विवाह गरेका हुन । विगतका दिनमा धेरैवटी सँग प्रेम प्रसँग रहेको जड्याहा काजीका अन्य तिनजना साथी छन् ।
एकजना प्रकाशककोमा टाइपिष्ट का रुपमा कार्यरत लालकाजी गरिव छन किनकी उन्का काकाहरुले वुवाको सम्पती हडपेका छन र मुद्धा चलिरहेको छ ।
विभिन्न ठाउ र ब्यक्तिहरुसग ठगी र सापट लिएका लालकाजी घरि आफ्नो पूर्वप्रेम समबन्ध त घरि त्रृण दिएका साहु र तिन्को ब्याजको मिटरसग लुकामारी खेलिरहेका छन् तथापि एकजना ज्योतिषको सल्लाहमा भाग्योदय हुन्छ भनेर गरेका कसरतहरु र पछि गएर उन्ले पाएको सफलताको कथा हो, लालजोडी
कथामा उनि, उन्का साथीहरु र उन्की जोडीको पनि सघर्ष छ । बैशाख १२ गतेको भुकम्प पनि आउने यो कथामा अन्य धेरै हास्यास्पद मोड, चरित्र अनि घटनाहरु छन् ।

कथा ,पटकथा र संवाद
चलचित्रको कथा, पटकथा र संवादको कुरा गर्ने हो भने यो मध्यमस्तरको छ । न खासै विशेष कुराहरु छन न त औलानै उठाउनुपर्ने कुराहरु तथाप संवादमा सुधार गर्न सकिने अन्यधेरै कुराहरु छन् । कथा झ्वाट् झवाट् आएजस्तो लाग्छ तथापि चरित्रहरु राम्ररी स्थापित भएकाले कथाको मर्म यथावत रहन्छ । घरि घरि आउने अर्धअश्लिल संवादहरु र श्रिमान र श्रिमतीको यौन जिवनमा आउने रोमान्टीक कुराहरुपनि चलचित्रले केही हदसम्म देखाउन सकेको छ । साथी साथी विचको संवादमा पनि उत्साह र दर्शक तान्नेकुराहरु सम्मेलित छन् । काठमाडौको वासिन्दा हो भनेर देखाउन आवाज विगारेर नेवारी टोनमा वोलेको कुरा न्यायेचित देखिदैन र त्यो लगायत अरु साथीहरुको परिवेश र उमेरले अधवैशे साथीहरु वसेर टिनएजरको जस्तो डाइलग गरेको र महिलाप्रतिको उनिहरुको असुहाउदो आशक्ति चित्तपर्दो छैन । पात्र र सहपात्रहरुको संवादमा भने अझै कार्य गर्नुपर्ने देखिन्छ, भट्टिका संवादहरु अनि साथीहरु विचमा भएको संवादहरु अझै क्याजुअल भएको भए थप उत्साहजनक हुनसक्ने देखिन्छ ।

प्राविधीक पक्ष
चलचित्रको प्राविधिक पक्ष ठिकै मान्नुपर्छ तथापि छायाङ्गनमा धेरै कठिनाइहरु देखिन्छ, चलचित्रका दृश्यहरु धमिला लाग्छन र सिनहरुमा नपुगेको लाइट र अमिल्दो क्यामराको मुभमेन्टले कुराहरु फिक्का वनाउदछन । मिक्सिङ्ग र ब्याकग्राउन्ड स्कोरिङ्ग ठिकै भएतापनि घरिघरि एकदम दुख्दायी सिनमा भएको रोमान्टीक म्यूजिकले हासो उठाउछ । यी कुराहरुमा ध्यान नदिएको प्रष्ट हुन्छ । चलचित्रको संगीतले चलचित्रको मुडमा र कथामा खासै रोचकता नथपेपनि सांगीतिक रुपमा चलचित्र उदेक लाग्दो छैन ।

निर्देशन
चलचित्रको निर्देशन पक्ष औसत छ तर पनि आजभोली आएका अन्य निकै चलचित्रहरु भन्दा निर्देशन पक्ष राम्रो देखिन्छ यसर्थमा कि चलचित्रमा अविवेकि त्रुटीहरु खासै छैनन । सानो पर्दामा रहेका चर्चित अनुहारहरु र सहकलाकारहरुको अभिनयको समिकरण र उनिहरुको भइराखेको अभिनय साख लाई निर्देशकले क्याशगर्न खोजेका छन् । यसअर्थमा उन्को निर्देशनलाई औसत मान्नैपर्दछ । पात्रहरुको संवाद, सिनको मुभमेन्ट र प्रस्तुतीमा केही चुकेका भएतापनि यो चलचित्र एउटा औसत र सिगंल थिएटरमा चल्न सक्ने वनाएका छन् ।

समिकरण

चलचित्र मुख्यतया समिकरणमा चिप्लिएको छ । ज्योति काफ्लेको अभिनय र गेटअप खासै प्ले ब्वाई केमिस्ट्री ल्याउन सक्ने छैन । श्रिमान श्रिमतीको केमिस्ट्रीमा काजी र उन्कि नवविवाहित पत्नी मिलेका भएतापनि उन्को लुक, गेटअप र डाइलग डेलिभरिले उन्लाई पात्रमा छिराउन सकेको छैन् । उमेरले पाका साथीहरुको टिनएजकाहरुको जस्तो डाइलग चित्त बनबुझ्न सक्छ । पुराना हिन्दि फिल्ममा जस्तो दुख्खी वाउ, विरामी छोरा र घाइते आमाको नेपाली सस्मरण खासै चित्तै नबुझ्ने भने छैन ।

चलचित्रलाई औसत र नेपाली चलचित्रमा हास्य चलचित्रहरुमा एउटा नया धार क्यारी गर्नसकेको चलचित्रकोरुपमा हामी कुल ५ अकंमा २.५ अकं प्रदान गर्दछौ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.