मन्दिप गाैतम · Nov २०, २०१७
Changing Perspective अंशमा परेका चलचित्रहरु मध्य "Death Of A Sound Man" लार्इ चर्चित नायिका मनिषा कोइरालाको अगुवाईमा रहेको निर्णायक प्यानलले अव्वल ठहराएको हो भने Future Of Cinema अंशमा रहेका चलचित्रहरु मध्य "Lejla"लार्इ अर्की चर्चित नायिका नम्रता श्रेष्ठको अगुवाईमा रहेको निर्णायक प्यानलले अव्वल ठहराएको हो ।
उत्साहजनक दर्शकको सहभागिता बीच स्तरीय चलचित्रहरु प्रदर्शनको शृंखलालार्इ अन्त्य गर्दै एकादेशमा अन्तराष्ट्रीय लघु चलचित्र महोत्सवको पाचौं संस्करणको समापन भएको छ । बिजेता चलचित्रहरुलाई अवार्ड प्रदान गरेर यो महोत्सवको समापन भएको हो ।