तराईको कुनै गाउँको बस्ती प्रतिनिधि बनाएर यस नाटकले पूरै नेपालको समस्यालाई चित्रित गरेको छ ।
अनामनगरस्थित मण्डला थिएटरमा सुलक्षणा भारतीको लेखन तथा निर्देशन रहेको नाटक ‘लाटीको छोरो’को मञ्चन भैरहेको छ । सोमबारदेखि मञ्चन भएको उक्त नाटक असोज ८ गते सम्म चल्नेछ । करिब ३६ वर्षपछि अभिनेता टिका पहारी यहि नाटकमार्फत नेपाली रंगमञ्चमा फर्किएका हुन् ।
बिषनाथ (टीका पहारी), पवित्रा (पशुपति राई), पन्डित चन्द्रकान्त झा (रोसन सुवेदी), सिताराम अग्रवाल (राजन काफ्ले), मास्टर राम प्रसाद (सन्देश लामिछाने), सइ प्रेम बहादुर थापा मगर (रियर राई), लाटी (केनिपा सिंह), मिठालाल यादव (आयान खड्का), सैलूनवाला लाटो (मिलन कार्की), डोम (कुन्दन थारु), पुनित अग्रवाल (सुदिप खतिवडा), बच्चु प्रहरी हवल्दार (प्रकाश दहाल), डोमिन (अर्चना पन्थी), डोमिन 2 (सपना चौधरी), लाटिको छोरो (अर्विन खड्का) लगायतका कलाकाहरुको अभिनय यस नाटक मा देख्न सकिनेछ। यसमा प्रत्यक्ष सङ्गीत भर्नुभएको छ किशन श्रेष्ठ र सम्यकले भने प्रकाश संयोजन बालकृष्ण रिजालको रहेको छ ।
तराईको कुनै गाउँको बस्ती प्रतिनिधि बनाएर यस नाटकले पूरै नेपालको समस्यालाई चित्रित गरेको छ । हाम्रो पात्रो ले यस नाटक का निर्देशक पात्र टिका पहारी र पण्डितको पात्र निर्वाह गरेका कलाकार रोशन सुवेदीसँग गरेको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
Liked by: