भियतनाममा खिचियो लभ स्टेशनको गीत, २२ चैतमा आउँदै | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

भियतनाममा खिचियो लभ स्टेशनको गीत, २२ चैतमा आउँदै




अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए ।



चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो ।

यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको एउटा गीत छायाँकन गरिएको छ । यो चलचित्रको लभ सङ घाम जुन नै चाहिँदैन...को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायाँकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो ।

यो चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले लभ स्टेशनको रिलिज मिति घोषणा गर्दै यसलाई २२ चैतमा रिलिज गर्नु लागेको बताए । कारणबारे उनले भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई २२ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताले जानकारी गराए । नयाँ गीत घाम जुन नै चाहिँदैन पनि साह्रै मिठो र भिज्वली निकै सुन्दर बनेको प्रदीपले बताए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 128.47
  • 129.15
  • UK pound sterling
  • 147.02
  • 147.79
  • Swiss franc
  • 113.25
  • 113.85
  • Australian dollar
  • 80.93
  • 81.36
  • Canadian dollar
  • 85.88
  • 86.34
  • Singapore dollar
  • 83.9
  • 84.34
  • Japanese yen (10)
  • 10.28
  • 10.33
  • Chinese renminbi (Yuan)
  • 16.82
  • 16.91
  • Saudi Arabian riyal
  • 30.36
  • 30.52
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 31
  • 31.16
  • Malaysian ringgit
  • 27.89
  • 28.04
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.13
  • 12.2
  • Danish Krone
  • 17.22
  • 17.31

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम