प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को ५० प्रतिशत छायाँकन सकिएको छ । असोज ११ गतेबाट दार्जिलिङदेखि छायाँकन सुरु भएको यस चलचित्रका निर्माता गोबिन्द शाहीले तोकिएको ३५ दिनमै छायाँकन सकेर तिहार अघि काठमाडौं फर्कने बताएका छन्। यसअघि सफल चलचित्र ʻलिलिबिलीʼमा प्रदीप र जसिताको जोडीलाई दर्शकले मन पराएका थिए।
ʻलभ स्टेशनʼमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना जस्तो कलाकारहरुको अभिनय देख्न सकिनेछ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र एउटा पारिवारिक प्रेम कथा भएकाले नायक प्रदीप खड्काको अरु चलचित्रहरु भन्दा केहि पृथक हुने अनुमान गर्न सकिनेछ।
चलचित्रमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ ।
Liked by: