"म यस्तो गीत गाँउछु"को मनछुने गीत | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"म यस्तो गीत गाँउछु"को मनछुने गीत




“कहाँ छ र” बोलको यो गीतमा पलले नायिका पुजा शर्मालार्इ त्यहि ठाँउमा लिएर गएका छन् जहाँ “किन आजकल तिम्रो मन मैलो भयो” गीत खिचिएको छ ।



रिलिजको दस दिन बाकिछदा सुदर्शन थापा निर्देशित चलचित्र "म यस्तो गीत गाँउछु"ले चलचित्रको तेस्रो र अन्तिम गीत सार्वजनिक गरेको छ । “भन्छु आज” र “किन आजकल तिम्रो मन मैलो भयो” ले सफलताको स्वाद चाखी सकेको बेलामा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको यो गीत ले पनि सफलता पाउने पूर्वानुमान गर्न सकिन्छ ।

यो पनि हेर्नुहोस् : सुदर्शन थापा र अर्जुन पोखरेलसँग रोचक गफ

संगीतकार अर्जुन पोखरेलले आफ्नो करियरकै एउटा सफल एल्बम श्रोतामाझ चलचित्र म यस्तो गीत गाँउछुबाट ल्याएका छन् । यसका साथै आजकल नेपाली चलचित्रले रिलिज अघि एउटा गीतमात्र सार्वजनिक गर्ने चलिआएको ट्रेन्ड पनि घट्दो देखिन्छ । “कहाँ छ र” बोलको यो गीतमा पलले नायिका पुजा शर्मालार्इ त्यहि ठाँउमा लिएर गएका छन् जहाँ “किन आजकल तिम्रो मन मैलो भयो” गीत खिचिएको छ । आखिर पलले किन त्यसो गर्दैछन ? यो त असार ३० गते चलचित्र रिलिज भएपछी थाहा भै नै हाल्नेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.