नेपाली पप सङ्गीतका सदाबहार १३ लोकप्रिय कलाकारहरूद्वारा संगठित साङ्गीतिक समूह 'megha OLD IS GOLD' ले नारायणगढमा यहि अषाढ २ गते साङ्गीतिक साँझमार्फत अाफ्नो प्रस्तुति समर्पण गर्ने भएको छ ।
अल्पसंख्यक चेपाङ समूदायको शिक्षा र स्वास्थ्यमा समर्पित यस साङ्गीतिक साँझलार्इ रोटरी क्लब अफ नारायणगढले अायोजन गर्न लागेको हो ।
नारायणगढस्थित सेन्ट्रल पाल्म होटलमा अायोजन हुने यस वृहत्त साङ्गीतिक साँझमा गिटार माइस्ट्रो ज्योति घिमिरे, लोकप्रिय सङ्गीत संयोजक/सङ्गीतकार तथा गायक जेम्स प्रधान, बबिन प्रधान, उदेश श्रेष्ठ, सञ्जय श्रेष्ठ (क्रस रोड), हरिस माथेमा, सचिन राैनियार, कबिन्द्र श्रेष्ठ (स्काई ब्यान्ड) भीम तुलाधरका लोकप्रिय/कर्णप्रिय गीतहरूको प्रस्तुति रहने छ ।
समूहमा Bass मा मानिक, ड्रममा प्रविण, किबोर्डमा रूपम रहनेछन भने रिदम गिटारमा भूपेन्द्रले साथ दिनेछन् ।
नेपाली पप सङ्गीतका सिद्धस्त हस्तिहरूलार्इ एकैठाउँ सुन्नपाउने यो अवसर पक्कैपनि नारायणगढ र अासपासका क्षेत्रहरूका सङ्गीतप्रेमीहरूले छुटाउनुहुने छैन ।
Liked by: