ठाउँठाउँमा "मेरी मामु" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

ठाउँठाउँमा "मेरी मामु"





भाद्र १५ देखि प्रदर्शनमा आउने चलचित्र मेरी मामुको टोली यतिबेला पुर्वका बिभिन्न स्कुलहरुमा चलचित्रको पव्लिसिटी गरिरहेको छ । यसपुर्व काठमाडौंका बिभिन्न स्कुलहरुमा गएर चलचित्रका बाल नायक आयुब सेन र नायिका कुसुम गुरुङका साथमा फिल्मका निर्माता सन्तोष सेनले फिल्मको बारेमा जानकारी दिएका थिए । देशका पुर्वी क्षेत्रका स्कुलहरुमा फिल्मको प्रोमोशन गर्ने क्रममा धरानका बिभिन्न स्कुलहरुमा फिल्मका कलाकारहरु पुगे । स्कुलमा फिल्मको गीत देखाईयो, जहां बिद्यार्थीहरु संगै उनीहरुको अभिभावकहरु समेत गीत हेरेर रोए, गीत र आयुबको अभिनयको तारिफ गरे । यसैबिच शनिबार धरानको चर्चित डान्स सेन्टर मुन लाईट डान्स सेन्टरले मेरी मामु टिमलाई सम्मान सहित स्वागत गरेका थिए । कार्यक्रममा मुन लाईट डान्स सेन्टरले आयोजना गरेको समर क्याम्प २०१८ को समापनमा उपस्थित ३०० भन्दा माथि अभिभावकहरुको बिचमा मेरी मामुको टाईटल गीत देखाउनुका साथै चर्चित कलाकार तथा भिजे शिशिर भण्डारीले आफ्नो रोचक प्रस्तुति पनि दिएका थिए ।

धरानका नाम चलेका स्कुलहरु मध्येका के.के. इन्टरनेशनल, दिपेन्दै प्रहरी स्कुल, पव्लिक हाईस्कुल, यु.एन कलेज र धरान इंग्लिस बोर्डिंङ स्कुल लगायत अन्य प्लस टु र बिद्यालयहरुमा मेरी मामुको टोली पुगेको थियो । धरानका स्कुले बिद्यार्थीहरुबाट फिल्मलाई लिएर कौतुहलता र उत्साह प्रकट भएको छ ।

यस्तै, मेरी मामु प्रामोशन टोली धरानपछि बिर्तामोडमा पुग्यो । बिर्तामोडका देवभुमि स्कुल, कन्काई हाईस्कुल, पुर्वान्चल हाईस्कुल, मनकामना कलेज लगायत अन्य स्कुल तथा प्लस टु स्कुल, कलेजहरुमा फिल्मको प्रचार सामग्री देखाउनुका साथै फिल्मका कलाकारहरु नै उपस्थित भै फिल्मका बारेमा जानकारी दिईयो । कलाकारहरुको उपस्थितिमा बिद्यालय परिवारले सम्मान प्रकट गर्दै भदौ १५ मा मेरी मामु हेर्न जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

मेरी मामु टोली यहि मंगलबार, बुधबार र बिहिबारसम्म पुर्वका दमक, इटहरी र बिराटनगरका बिभिन्न बिद्यालय तथा प्लस टुमा पुग्नेछ । फिल्म युनिटले लागु गरेको मामुसंग थाईल्याण्ड टुरको बिषयमा धेरै बिद्यार्थीहरु र अभिभावकहरुले कौतुहला जनाए । यस अफर अन्तर्गत फिल्म युनिट पुगेको स्कुलका बिद्यार्थीहरुले टिमले दिएको फर्म भरेर लक्की ड्र मार्फत थाईल्याण्ड जान पाउनुहुनेछ । फिल्मको गीत, बाल नायक आयुब सेनको अभिनय प्रभाव, नव नायिका कुसुम गुरुङको उपस्थिति लगायतका कुराले मेरी मामुको यो प्रोमोशन शैली उत्कृष्ट बनेको छ ।

सन्तोष सेन निर्मित चलचित्र मेरी मामुलाई यम थापाले लेखन तथा निर्देशन गरेका छन् भने आयुब र कुसुमका अलावा फिल्ममा अश्लेषा ठकुरी र सारुक ताम्राकार आदिको पनि अभिनय रहेको छ । देशको चर्चित फिल्म व्यानर आशुसेन फिल्म्स्ले यसपुर्व प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्रहरु निर्माण गरेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.