६ बर्षिय बालक र उसको आमाको एउटा मौलिक र मार्मिक कथालाई पर्दामा उतार्न तैयार रहेका निर्माता सन्तोष सेनको चौथौ चलचित्र “मेरी मामु”को लागि नायिका चुनिएको छ । आफ्नो सुपुत्र आयुब सेनलार्इ ठुलो पर्दामा डेब्यु गराउन लागेका निर्माता सेनको यस चलचित्रमा नव नायिका कुसुम गुरुङ्ग,आयुबको आमा भएर प्रस्तुत हुनेछिन् । थियटरमा केहि समय देखि अभिनयको तालिम लिईरहेकी कुसुम लण्डनबाट नेपाल चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाउन नै फर्किएकी हुन् ।
चलचित्र “मेरी मामु”को औपचारिक घोषणा भएदेखिनै चलचित्र प्रेमीहरु माझ यो चलचित्र प्रतिक्षित बन्न पुगिसकेको छ । बाल मनोविज्ञानको बिषयमा नेपालमा धेरै नै कम चलचित्रहरु निर्माण हुने हुदा आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रले दर्शकको अपेक्षा कत्तिको पुर्याउन सक्छ । त्यो चलचित्र प्रदर्शन भएपछी थाहा भै नै हाल्नेछ ।
Liked by: