Movie Bulbul Review | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

समीक्षकहरुको नजरमा बुलबुल




सामाजिक सञ्जालमा उत्तिकै स्वादिलो प्रतिक्रिया पाइरहेको फिल्मलाई हेर्ने दर्शकले निर्देशकको कामसँगै कलाकारको अभिनय पनि रुचाएका छन् । ग्ल्यामरस भूमिकामा देखिँदै आएकी स्वस्तिमा खड्काले विवाहित महिलाको भूमिका जीवन्तताका साथ निर्वाह गरेको दर्शक टिप्पणी छ भने चोपेन्द्र बनेका मुकुन भुषाललाई पनि दर्शकले औधी रुचाएका छन् ।



शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बुलबुलले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि दर्शकले सामाजिक सञ्जालमा फिल्मको खुलेर तारिफ गरेका छन् भने समीक्षकले फिल्म मौलिक फिल्मको बहसमा कोसेढुंगाको रुपमा रहने भन्दै फिल्मको प्रशंसामा प्रशस्त शब्द खर्चिएका छन् ।

फिल्म समीक्षक गोकर्ण गौतमले फिल्म बुलबुल रैथाने स्वादको बताउँदै फिल्मलाई ५ मा ४ रेटिङ दिएका छन् । बुलन्द बुलबुल शीर्षकको समीक्षामा गौतमले आफ्नोपनको आभाष दिलाउने फिल्म नेपालमा विरलै बन्ने जिकिर गर्दै बुलबुलले त्यो कमी पूरा गरेको उल्लेख गरेका छन् । निर्देशक विनोद पौडेलको प्रशंसा गर्दै गौतमले नेपाल साप्ताहिकको समीक्षामा लेखेका छन् , ‘अहिलेका तमाम निर्देशकझैँ बजार होइन, फिल्मको कलात्मक मान्यताप्रति उत्तरदायी भएर पौडेलले आफूलाई अलग र अब्बल सावित गरेका छन् । हाम्रै परिवेशको कथा भन्ने उनको प्रयास धेरैहदसम्म सार्थक छ । कलाकारको अभिनयदेखि प्राविधिक पक्षसम्म निर्देशकको लगाम साँच्चै लोभलाग्दो छ । बासी मसलेदार फिल्मबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।’


अनलाइन खबरको समीक्षामा शिव मुखियाले पनि फिल्मभित्र निर्देशकको शिल्पको तारिफ गरेका छन् । नारी उत्पीडनको अव्यक्त कथा शीर्षकमा मुखिया भन्छन्, ‘हरेक दृश्य, अझ भनौं हरेक शटमा निर्देशकको रचनाशिल्प कसरी पोतिन्छ ? घतलाग्दो जवाफ छ, बुलबुलसँग । विनोद पौडेल निर्दे्शित फिल्ममा कथाको दस्तावेज छैन, उपदेश छैन, आर्दश छैन, सन्देश छैन, तर्क छैन । अव्यक्त कथा छ, अदृश्य पीडा छ । र, त्यसलाई पोख्ने रहरलाग्दो ‘सिनेम्याटिक’ भाषा छ ।’


सामाजिक सञ्जालमा उत्तिकै स्वादिलो प्रतिक्रिया पाइरहेको फिल्मलाई हेर्ने दर्शकले निर्देशकको कामसँगै कलाकारको अभिनय पनि रुचाएका छन् । ग्ल्यामरस भूमिकामा देखिँदै आएकी स्वस्तिमा खड्काले विवाहित महिलाको भूमिका जीवन्तताका साथ निर्वाह गरेको दर्शक टिप्पणी छ भने चोपेन्द्र बनेका मुकुन भुषाललाई पनि दर्शकले औधी रुचाएका छन् । परम्परागत कथ्य शैलीलाई चुनौती दिँदै तयार भएको फिल्मलाई अर्का समीक्षक विष्णु शर्माले क्लासरुम सिनेमाको रुपमा चित्रित गरेका छन् । 


‘हलि–हलि र मुलधारे फिल्मको स्वादबाट मुक्त हुनुहुन्छ र धैर्यशील हुनुहुन्छ भने ‘बुलबुल’ तपाईंका लागि हो । तर, थ्री–एक्ट संरचना तपाईंको सिनेम्याटिक लिट्रेसी हो भने बुलबुललाई ‘वाहियात’ भन्दै गाली गर्ने स्वतन्त्रता तपाईसँग छ । त्यो गाली निर्देशकीय अभिव्यक्तिको सफलता हो । युरोपेली न्यारेटिभ स्ट्रक्चरबाट प्रभावित ‘बुलबुल’लाई कथ्य शैली र प्रस्तुतिकरणको एउटा बुकमार्क मान्न सकिन्छ । समग्रमा यो क्लास रुम सिनेमा हो,’ बुलबुल क्लास रुम सिनेमा शीर्षकको समीक्षामा बिष्णु शर्माले लेखेका छन् । 


शुक्रबारबाट करिब ७० हलबाट प्रदर्शन थालेको बुलबुलले दर्शकबाट अपेक्षित साथ पाएको छ । पानी र विदेशी फिल्मसँगको चर्को प्रतिस्पर्धाका बावजुद शुक्रबार करिब ५० प्रतिशत र शनिबार ९० प्रतिशत दर्शकको साथ पाएको निर्माण टिमको दाबी छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.