नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि आज बाट यहि फाल्गुण १३ गतेसम्म राजधानीमा ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ शुरु हुने भएको छ । उद्घाटन कार्यक्रममा नेकपाका अध्यक्ष र पुर्वप्रधानमन्त्रि पुष्प कमल दाहालको सहभागिता हुनेछ। आज उद्घाटन समारोह पछि ५ बजे बिपिन कार्कीको "हरि" चलचित्र प्रदर्शन गरिनेछ।
त्यसबाहेक भोलिदेखि नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइनेछ। यस महोत्सवमा नेपालका ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ देखाइने छ । विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म प्रदर्शन हुनेछन् ।
कथा वाचन प्रतियोगिता समेत रहेको महोत्सवमा प्रदर्शन भएका मध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ । नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ ।
Liked by: