Niff Story Pitch | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

NIFF 2019 को Story Pitch 2019





के तपाइँसँग आफ्नो मौलिक कथा छ ?  यदि छ भने NIFF 2019 तपाइहरुको लागि एउटा सम्भावना बोकेर आएको छ।

NIFF 2019 ले पहिलो पटक नयाँ चलचित्र बनाउने निर्माताहरूको लागि Story Pitch 2019 कार्यक्रम प्रस्तुत गरेको छ। यो नयाँ र प्रकाशमा पर्न नसकेका लेखकहरुको लागि लघुकथा या कथानक चलचित्रकै कथा प्रस्तुत गराउने माध्यम बनेको छ। सहभागी भएका आवेदकहरूलाई १४ फेब्रुअरी २०१९ सम्म चयन गरिनेछ। चयन गरिएका आवेदकहरूले आफ्ना अवधारणाहरू / कथाहरू थुप्रै चर्चित लेखकहरू र नेपालका शीर्ष निर्माताहरूको अगाडी प्रस्तुत गर्न सक्छन्। आफ्नो सिर्जनालाई आजै पठाउनुहोस्।

थप जानकारीको लागि : www.niff.org.np/programs

NIFF 2019 आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीमा आयोजना हुने भएको छ ।  नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइने महोत्सवमा नेपालका ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ देखाइने छ । विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म प्रदर्शन हुनेछन् । कथा वाचन प्रतियोगिता समेत रहेको महोत्सवमा प्रदर्शन भएका मध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ । नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.