नेपाली मौलीक बाजा, ठेंट भाका तथा लोकगीतको अध्ययन अनुसन्धान तथा संरक्षणमा क्रियाशिल नेपाल तथा विश्व सङ्गीत सागरमा अत्यन्त चर्चित सांगीतीक समूह, 'नाईट ब्याण्ड' नेपालको एकमात्र एउटा साङ्गीतिक समूह हो जुन विश्व सङ्गीतको महाकुम्भ वोमेक्स (WOMEX) मा दूर्लभ प्रस्तुतीकालागि छनौट भएको हो ।
यो पनि हेर्नुहोस् : 'नाइट ब्याण्ड'का साथ कुराकानी
बिश्वब्यापी कडा प्रतिस्पर्धामाझ पनि आफ्नो स्थान वोमेक्स (WOMEX) मा बनाउन सफल यो समुह बिगत ११ बर्षदेखि सङ्गीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउदै अघि बढेको हो । अक्टोबर २५ देखि २९ तारिकसम्म पोल्याण्डमा हुने त्यो महाकुम्भमा आफ्नो एतिहासिक सहभागिता जनाएपछि नाईट ब्याण्ड जर्मनीको यात्रा तर्फ लाग्नेछ । यो यात्रामा नाईट ब्याण्डलार्इ नेपाल टुरिजम बोर्डले साथ दिनेछ ।
पूर्वेली भाकादेखि पश्चिमे देउडा, झ्याउरेदेखि गाईनेका भाकासम्म यस समूहले निरन्तर पस्किरहेको छ । नेपाली ब्याण्डहरु मध्य बिबिसी वर्ल्ड रेडियोमा प्रत्यक्ष अन्तरवार्ता दिने एकमात्र ब्याण्ड समूह नाईट ब्याण्डनै हो ।
परम्परागत बाजाहरुमा अध्यन अनि शोध गर्ने समूहका सदस्यहरु कहिले दाङ त कहिले अछामका दूर्गम भेगहरुमा माैलिक स्थानीय बाजा अनि परम्पराको गोठाला बनेर संरक्षण गर्न कैंयनपटक कुदिसकेका छन् । आफ्नो सङ्गीतमा नेपालिपन बोकेको यो समूहलार्इ हाम्रो पात्रोको शुभकामना ।
Liked by: