North America Rights Of Premgeet Sold | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"प्रेमगीत ३"को उत्तर अमेरिका राइट्स बिक्री





ब्राण्ड भ्यालु, चर्चित कलाकार र रिलिज पुर्वनै पाएको अत्यन्त चर्चाले चलचित्र "प्रेमगीत ३"लाई यस वर्षकै बहुप्रतिक्षित चलचित्र बनाएको छ। यो चलचित्रलाई ठुलो पर्दामा हेर्ने उत्साह देशमा मात्र नभएर विदेशमा भएका नेपालीहरुलाई पनि उत्तिकै रहेको पाइएको छ। यसै सन्दर्भमा आसुसेन प्रोडक्सनले आज चलचित्र "प्रेमगीत ३"को उत्तर अमेरिकाको थियटर राइट्सको भव्य रकममा सम्झौता गरेको छ। सन्तोष सेनको निर्माणमा बनेको यस चलचित्रलाई उत्तर अमेरिकाका दर्शकहरु माझ अब ग्लोबल अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रस्तुत गर्ने भएका छन्। उनले ४९,९९,९९९ रुपैयाँको मोटो रकम खर्चेर सो राइट्स खरिद गरेका हुन्।

देश विदेशमा अहिले चलचित्र प्रेमगीत ३ को माग बढ्दै गएको छ। विदेशमा रहेका दर्शकले आफ्नो स्वदेशी चलचित्रहरुको स्तर बढेको हेर्ने चाहना राख्ने भएकाले पनि निर्देशक छेतन गुरुङ्ग र सन्तोष सेनको यो बृहत भिजन चलचित्र "प्रेमगीत ३"लाई विदेशमा रहेका नेपाली दर्शकहरुले धेरै नै रुचाउने पूर्वानुमान गर्न सकिन्छ।

उत्तर अमेरिकाका दर्शकहरुले पनि यो चलचित्रलाई चैत्र २८ गते नै ठुलो पर्दामा हेर्न पाउनेछन्। थुप्रै चुनौतीहरु पार गर्दै प्रेमगीत ३ को छायांकन कार्य सकेर अहिले पोष्ट प्रडक्सन चलिरहेको छ। सार्वजनिक भएको चलचित्रको पहिलो गीत "हात्ती ढुंगामा"ले पनि छोटो समयमा लोकप्रियता पाएको छ भने अहिले सोही गीतको "हु हा" भिडियो च्यालेन्जमा पनि दर्शकहरुको सम्मानजनक सहभागिता देखा परेको छ। यसपटकको "प्रेमगीत" साच्चै पहिलो र दोश्रो भन्दा ३ गुणा बढी ब्यापक बनेकोमा निर्माण पक्ष ढुक्क देखिन्छ।

चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ्ग, लक्ष्मी वर्देवा, अनुभव रेग्मी जस्ता लोकप्रिय कलाकारहरुको साथ साथै नवकलाकार क्रिष्टिना गुरुङ्ग, मनिस राउत, पुस्कर कार्की आदिको अभिनय देख्न सकिन्छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.