परिच्छेद सेनको "स्ट्राइक”लाई दुई अन्तराष्ट्रिय अवार्ड | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

परिच्छेद सेनको "स्ट्राइक”लाई दुई अन्तराष्ट्रिय अवार्ड





चलचित्र कालो पोथी र सेतो सुर्यले पोहोर साल अन्तराष्ट्रिय चलचित्र जगतमा राम्रो चर्चा बटुलेपछी यो वर्षपनी नेपाली चलचित्रको अन्तराष्ट्रिय स्तरमा प्रभाव कायमै राख्दै परिच्छेद सेनको फिल्म "स्ट्राइक”ले अमेरिकाको दुईवटा फिल्म कम्पिटिशनमा अवार्ड जितेको छ । अमेरिकको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको ६० सेकेन्डको लघुचलचित्र महोत्सबमा उक्त लघु चलचित्र फर्स्ट प्राईज बिजेता बनेको छ भने अमेरिकाकै होस्टन्मा अरोरा पिक्चर्सले आयोजना गरेको Extremely Shorts Film Festival 2017 मा यो लघु चलचित्रले सपेसल जुरी अवार्डको बिजेता बनेको छ ।

यो पनि हेर्नुहोस् : चलचित्र 'हिटलर'को अग्रिम बुकिङ्ग खुल्ला

मेरिल्यान्डको वाशीन्टन केलजमा यहि मे ५ मा प्रदर्शन भएको थियो । उक्त कम्पिटिशनमा "Steppin Out" र "Ukrainian Make Up History" ले सेकेन्ड र थर्ड प्राईज जितेका छन् । त्यसै गरी होस्टनमा मे १९ र २० मा प्राईभेट र पब्लिक गरी " स्ट्राइक”लाई  दुइ पटक पर्दशन गरिएको थियो । यहाँ अडियन्स द्वारा सबै चलचित्रहरुको प्रत्यक्ष भोटिङ गराइएको थीयो र त्यहि अडियन्स च्वाइस अवार्ड अन्तर्गत अमेरिकाबाट "Thinker" ,टर्कीबाट "Penaber" , ईटलि बाट "Remember Everything, ले क्रमस फस्ट , सेकेन्ड र थर्ड अडियन्स च्वाइस अवार्ड जितेका छन । परिच्छेदको “स्ट्राइक” बिस्वभरबाट आएका १८५ फिल्मलाई पछी पार्दै जुरी अवार्ड विनर बनेको छ ।

हाम्रो पात्रो लघुचलचित्र "स्ट्राइक”का सबै टिमलाई बधाई ब्यक्त गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.