परिच्छेद सेनको चलचित्र "स्ट्राईक"को औरोरा एनुअल एक्सट्रीमलि सर्ट फिल्म फेस्टिभलमा छनौट | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

परिच्छेद सेनको चलचित्र "स्ट्राईक"को औरोरा एनुअल एक्सट्रीमलि सर्ट फिल्म फेस्टिभलमा छनौट





कान्तिपुर फिल्म एकेडेमीको निर्माण र परिच्छेद सेनले लेखन ,निर्देशन तथा सम्पादन गरेको ६० सेकेन्डको लघुचलचित्र “ स्ट्राईक “ अमेरिका टेक्सास स्थित “Aurora’s annual extremely short film festival” मा अफिसिएल सेलेक्शन भएको छ l उक्त फेस्टिवलमा बिस्वभरिबाट आएका १८५ चलचित्रमध्य नेपालबाट परिच्छेद सेनको चलचित्र “ स्ट्राइक “ सेलेक्शन भएको हो l चलचित्रमा कान्तिपुर फिल्म एकेडेमीमा अध्यनरत बिद्यार्थी अनिल कंडेलको मुख्य भूमिका छ भने कमल बोहोरा र साजन कंडेले पनि अभिनय गरेका छन् र सुजे गौतमले खिचेका हुन l

यो पनि पढ्नुहोस् : चलचित्र रातो घरको ट्रेलर

चलचित्रले जनताको अधिकारको लागि गरिएको बन्द आन्दोलनले जनताको अधिकार नै हनन भएको कुरा बोल्छ l चलचित्र शुक्रवार, १९ मे मा  होस्टन टेक्सास सार्बजनिक प्रदर्शन हुदै छ l परिच्छेदले यस अघि थुप्रै नेपालि चलचित्रमा मुख्य सहाएक निर्देशकको काम गरिसकेका छन भने मदन पुरुस्कार बिजेता साहित्यकार अमर न्यौपानेको लेखन तथा बरिष्ठ चलचित्रकर्मी निर शाहको निर्माणमा बन्न लागेको चलचित्र “X-PARK” मार्फत निर्देशनमा डेब्यु गर्दै छन् र हाल उनी कान्तिपुर  फिल्म एकेडेमीमा निर्देशन पढ्दै छन् l




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.