Pradeep Jassita In Love Station Posters | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

प्रदीप खड्का र जसिता गुरुङ ‘लभ स्टेशन’को पोष्टरहरु





चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर शुक्रबार रिलिज गरिएको छ ।

‘क्यारेक्टर इन्ट्रोडक्सन’ युक्त दुई पोष्टर, सिक्छ सिटर २ पोष्टर र ३० बाई ४० को तीन पोष्टर सहित जम्मा सात ओटा पोष्टर रिलिज गरिएको हो । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा यो चलचित्रको पोष्टर सार्वजनिक गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।


रिलिज गरिएको पोष्टर मध्य दुई पोष्टर पिङसँग छ । अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङ मार्फत एउटा पोष्टरमा दर्शाईएको छ । अभिनेत्री जसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनी पिङमा रमाएकी छिन् । यस्तै अभिनेता प्रदीपको ‘क्यारेक्टर क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनलाई गीटारको साथ प्रस्तुत गरिएको छ ।


सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । लभ स्टेशनको अहिले चर्चामा रहेको तथा भियतनाम र बालीको खिचिएको गीत जुन तारा चाहिंदैन...को एक सुन्दर दृष्यलाई पनि दुई पोष्टरमा समेटिएको छ । जसमा समुन्द्र किनारमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमाञ्चकारी भावलाई समेटिएको छ । यस्तै बाँकी दुई पोष्टरमा अभिनेता प्रदीप र अभिनेत्री जसितालाई मिठो अँकमालमा देखाईएको छ । यो पोष्टरले यी दुईको प्रेम सम्बन्धलाई अझ प्रगाढ देखाएको छ ।


यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् ।


यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.06
  • 110.66
  • European euro
  • 124.98
  • 125.66
  • UK pound sterling
  • 146.21
  • 147.01
  • Swiss franc
  • 110.07
  • 110.67
  • Australian dollar
  • 78.12
  • 78.54
  • Canadian dollar
  • 82.71
  • 83.16
  • Singapore dollar
  • 81.48
  • 81.93
  • Japanese yen (10)
  • 9.89
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.4
  • 16.49
  • Saudi Arabian riyal
  • 29.35
  • 29.51
  • Qatari riyal
  • 30.23
  • 30.39
  • Thai baht
  • 3.48
  • 3.49
  • UAE Dirham
  • 29.96
  • 30.13
  • Malaysian ringgit
  • 26.99
  • 27.14
  • Korean Won (100)
  • 9.75
  • 9.8
  • Swedish Krone
  • 11.95
  • 12.02
  • Danish Krone
  • 16.75
  • 16.84

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम