Premgeet Three Motion Poster Release | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / मनोरञ्जन

प्रेमगीत ३ को आकर्षक मोसन टिजर सार्वजनिक





२०७६ सालको सबै भन्दा प्रतिक्षित चलचित्र "प्रेमगीत ३" को चर्चा तब नै शिखरमा पुग्यो जब यो चलचित्र निर्माण हुने हल्ला बजारमा चल्न थाल्यो। निर्माण पक्षले यस सफल रोमान्टिक सिरिजको तेश्रो शृंखलामा जब एउटा एतिहाषिक कथा रहने जानकारी दिए तब "प्रेमगीत" को फ्यानहरु र अरु चलचित्रप्रेमीहरुको लागि यो खबरले निक्कै उत्साहित बनायो । सिक्वल भन्ने बित्तिकै पहिलो भन्दा दुई गुणा ठुलो र भव्य बनाउने सोच त सबै चलचित्रकर्मीहरुको हुन्छ, तर प्रेमगीतका निर्माता सन्तोष सेनले यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरणीय चलचित्र बनाउने सपना देखे। अहिले छायांकनको लागि तैयार भएको "प्रेमगीत ३" साच्चै नै भव्य र नेपाली दर्शकहरुको लागि एउटा फरक अनुभव रहने विश्वास आज सार्वजनिक भएको चलचित्रको "मोशन टिजर"ले दिलाएको छ।

लोकप्रिय कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्रका थुप्रै पात्रहरुको पोष्टर सार्वजनिक भए र ति पोष्टरहरुले दर्शकको अपेक्षा पनि बढाउदै गए। तर चलचित्रका मुख्य नायक प्रदीप खड्काको "प्रेम"को पात्रको भने अहिलेसम्म निर्माण पक्षले कुनै विशेष खुलासा गरेको थिएन। दर्शकहरु यस चलचित्रमा प्रदीप खड्काको एउटा भिन्न अवतार हेर्न आतुर थिए र सबैको जिज्ञासा मेट्दै आज प्रदीपको "क्यारेक्टर टिजर" सार्वजनिक भएको हो। आफ्नो रोमान्सको लागि चर्चित नायक खड्का यस चलचित्रमा एउटा योद्धाको रुपमा प्रस्तुत गरिएको पाइन्छ। टिजर हेरेपछि चलचित्रमा पृथक रोमान्सको साथसाथै भरपुर एक्सन समेत रहेको अन्दाज लगाउन सकिन्छ।

सम्पूर्ण टिमको डेढ वर्ष लामो तैयारी पछि छायांकनमा जान लागेको चलचित्रका लागि भव्य सेट निर्माण भएको खबर त अहिले केहि समय एता देखि चर्चा मै छ। निर्देशक छेतन गुरुङ्ग र सन्तोष सेनको यो बृहत भिजन यहि चैत्र २८ बाट प्रदर्शन हुने पक्का छ। चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ्ग, लक्ष्मी वर्देवा, अनुभव रेग्मी जस्ता लोकप्रिय कलाकारहरुको साथ साथै नवकलाकार क्रिष्टिना गुरुङ्ग, मनिस राउत, पुस्कर कार्की आदिको डेब्यु रहनेछ। चलचित्र मनाङ्ग र तिब्बत नाकाको रमणीय लोकेसनमा छायांकन गरिने जानकारी निर्माण पक्षले दिएका छन्।

यहाँ हेर्नुहोस् आकर्षक मोसन पोष्टर :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.