प्रिमियरमा "म यस्तो गीत गाँउछु"लार्इ राम्रो प्रतिक्रिया | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

प्रिमियरमा "म यस्तो गीत गाँउछु"लार्इ राम्रो प्रतिक्रिया





थुप्रै संचारकर्मी र चलचित्रकर्मीहरुको उपस्थितिमा बुधवार बेलुका कुमारी सिनेमामा चलचित्र "म यस्तो गीत गाँउछु"को प्रिमियर भव्यताका साथ सम्पन्न भयो । सुदर्शन थापा निर्देशित यो चलचित्रले रिलिज अघि निक्कै राम्रो चर्चा बटुलीरहेको छ र चलचित्र हेरिसकेपछि सबैले चलचित्रका नायक, नायिका पल शाह र पुजा शर्माको तारिफ गर्दै चलचित्र पूर्णतया मनोरन्जनले भरपूर रहेको बताए । सबैले बरिष्ठ हास्य कलाकार राजाराम पौडेलको अभिनय उत्कृष्ट रहेको पनि बताए । 

यो पनि हेर्नुहोस् : "म यस्तो गीत गाँउछु"को मनछुने गीत 


चलचित्र भोलि शुक्रवारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ । अर्जुन पोखरेलको उत्कृष्ट गीतहरुको मद्दतले पनि भोलि चलचित्र म यस्तो गीत गाँउछुले राम्रो ओपनिंग गर्ने अनुमान गर्न सकिन्छ । चलचित्रको लागि बुकिंग खुलिसकेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.