राज्जा यादव, अर्थात नाजिर हुसैन र रानी अर्थात केकी अधिकारिको जोडी यसपटकको जाडोमा सम्पूर्ण चलचित्रप्रेमीहरुलाई आफ्नो यसअघि नदेखिएको केमिस्ट्रीले न्यानो बनाउन तैयार भएका छन् । "चिपक चिपक" बोलको गीतमा आफ्नो मायाको न्यानोपन पर्याप्तसंग देखाउन सफल नाजिर केकीले साथमा खेलेको पहिलो चलचित्र यहि पौष २१ गतेबाट देशब्यापी रूपमा प्रदर्शनमा आउदैछ ।
अघिल्ला केहि चलचित्रहरुमा आफ्नो उत्कृष्ट हास्य प्रस्तुति दिएर दर्शकहरुको मनमा आफ्नो स्थान बनाउन सफल कलाकार कामेश्वोर चौरसियाले यस चलचित्रमा नाजिर र केकीलाई साथ दिएका छन् ।
मधेशको कथा र पात्र बीचको प्रेमकथा थुप्रै रमाइलो मनोरंजन र ट्वीस्टहरुले भरिएको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । मैथली भाषामा समेत रिलिज गरिने यस चलचित्रमा नाजिर र केकी दुवैलाई भिन्न अवतारमा देखिनेछ । रमेश एम के पौडेल र आर्यन पौडेलले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्र लाइ यम थापा ले निर्देशन गरेका हुन् । आखिर राज्जाले कसरि आफ्नो रानीको मन जीत्छन ? यो बुझ्नको लागि यहाँहरुले शिघ्र प्रदर्शनमा आउने चलचित्र राज्जा रानी हेर्नैपर्ने हुन्छ ।
Liked by: