Ranveer Action Romance | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

एक्सन, रोमान्स, कमेडीसहितको मसलाले भरीपूर्ण “रणवीर”




सुनिल थापा: फिल्म राम्रो बनेको छ । मेकिङ निकै राम्रो छ, साथै यो मसालेदार फिल्म भएपनि संदेश दिन्छ । कलाकारको काम निकै राम्रो छ, यसमा निर्माताले दिल खोलेर खर्च गरेका छन् भने निर्देशकले आफ्नो सम्भावना देखाएका छन् । फिल्मले दर्शकलाई बोर हुन् दिदैन ।



शुक्रबारबाट फिल्म ‘रणवीर’ प्रदर्शनमा आएकोछ । फिल्म रिलिजको पुर्व सन्ध्यामा राजधानी स्थित कुमारी हलमा फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मनगरीका अधिकाँस परिचित अनुहार देखिएका थिए । झन्डै ४ सय भन्दा बढीले ’ग्राण्ड प्रिमियर’ अन्तर्गत फिल्मलाई हेरे । उक्त शो मार्फत फिल्मले पोजेटिभ फिडब्याक पाएको छ । फिल्मले सम्पूर्णले यसलाई रुचाएका छन् । ’मसलेदार फिल्म’ को रुपमा तारिफ गरिरहदा यसको मेकिङको पनि चर्चा बढेको छ । फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत भएका छन् । उनले फिल्मकै लागि १५ केजी तौल बढाएका थिए , जसलाई प्रिमियर शो मार्फत तारिफ मिल्यो ।

फिल्ममा सुशीलको दुई अवतार देख्न पाइनेछ । दुई डेब्यु गर्ल सुवेक्षा खड्का र सुपुष्पा भट्टले पनि प्रिमियर मार्फत् सकारात्मक प्रतिक्रिया बटुलेका छन् । डेब्यु फिल्मलाई पहिलो पटक परिवारसँग हेरेका सुवेक्षा र सुपुष्पा प्राप्त प्रतिक्रिया मार्फत निकै हर्षित थिए । यसैगरि गत वर्ष प्रदर्शनमा आएको फिल्म ’ऐश्वर्य’ मार्फत ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारको कामको पनि प्रशंसा भएको छ । फिल्म हेरेर निस्किएका पत्रकार, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका दर्शकहरुले उनको कामको प्रसंसा गरे । आयोजित प्रिमियर शो मा कलाकारहरु सुनिल थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, निर्माता माधव वाग्ले, निर्माता सुदिप खड्का, लेखक प्रदीप भारद्वाज, वितरक प्रदीपकुमार उदय, ज्योतिष टर्न एक्टर हरिहर अधिकारी, गजित विष्ट, सरोज खनाल, आना शर्मा, निर्देशक दिवाकर भट्टराई लगायतले फिल्मको मेकिङको तारिफ गर्दै दर्शकको लागि मनोरंजनकको फुल प्याकेज रहेको प्रतिक्रिया दिए ।

यसैगरी फिल्म हेर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि फिल्म हेरे । वेरोजगार युवाको अवस्था र भ्रष्टाचारले पार्ने असरलाइ यसमा देखाइएको छ । यसैगरी फिल्म हेर्न पछिल्लो समय युट्युबमा अत्याधिक खोजिएको जोडी कृष्ण ओली र रुपा ओली पनि हल आइपुगेका थिए । केहि समय अगाडी रणवीर टिम कृष्णलाई सहयोग गर्न घरमै पुगेका थिए । त्यसबेला कृष्ण र रुपाले फिल्म हेर्ने ईच्छा व्यक्त गरेका थिए । त्यसै अनुरुप उनीहरु हलमा फिल्म हेर्न आइपुगेका थिए ।

यसैगरि पति मनोज गजुरेललाई डिभोर्स दिएपछि एकाएक चर्चामा आएकी मिना ढकाल पनि फिल्म हेर्न आइपुगेकी थिइन् । गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

सुशील: मैले अझै मेहनत गर्नु बाँकी छ, म सिक्दैछु । निकै खुसि लागिरहेको छ । आफ्नो काम मेहनतलाई चलचित्रकै व्यक्तिबाट तारिफ पाउँदा निकै उत्साहित छु । यसले मेरो करियरलाई माथि लाग्नेमा विश्वस्त छु ।

प्रशान्त: फिल्मको रेस्पोन्सले निकै उत्साहित छु । मैले प्रिमियरमा फिल्म हेर्न पाइन्, त्यसैले पनि मलाइ फिडब्याक कस्तो पाउछ भन्ने डर थियो । हामीले मेहनत त गरेका थियौ तर हाम्रै फिल्मका सर्कलले कसरि लिनु हुन्छ भन्ने लागिरहेको थियो, निकै उत्साहित छु ।

सुवेक्षा खड्का: एकदमै नर्भस भए । आफ्नो काम चित्त त बुझेको छैन तर पनि प्राप्त प्रतिक्रियाले निकै उत्साहित छु । मैले गरेको मेहनतको फिडब्याक पाउँदा निकै उत्साहित छु । आश छ, मेरो कामलाई दर्शकले रुचाउनु हुनेछ वा कमीकमजोरी औलाउनु हुनेछ ।

सुपुष्पा भट्ट: उत्साहित र नर्भस दुवैछु । फिल्म हेरेर निस्किनु हुने सबैले दिनु भएको बधाईले खुसि लगिरहेको छ । हामीले सेटमा गरेको मेहनत पर्दामा देखिएको छ । म आफै दर्शक भएर फिल्म हेर्दा पनि निकै उत्साहित भए ।

कृष्ण ओली: फिल्म निकै मन पर्यो । हलमा झन्डै ३ घण्टा जति रहँदा मैले निकै इन्जोय गरे । उहाँहरु मलाइ भेट्न र सहयोग गर्न घरमा आउँदा नै मैले फिल्म हेर्ने ईच्छा जाहेर गरेको थिए । धेरैले हुन्छ भन्नु हुन्छ तर पछी सम्पर्क हुदैन तर उहाँहरुले गर्नु भएको वाचा अनुसार नै मलाइ प्रिमियरमा ल्याउनु भयो । निकै खुसि छु । एक्सन निकै मन पर्यो, हसाउने र रुवाउने सिनमा इन्जोय गरे । यो फिल्म बलिउड स्तरको छ निकै खुसि लागेको छ, यसलाई प्रिमियरमा हेर्न पाए ।

हरिहर अधिकारी: रणवीर एउटा प्याकेज फिल्म हो । यसमा रोमान्स, कमेडी, एक्सन सबै छ । पछिल्लो समय साउथ इण्डियन फिल्म मन पराउने दर्शकले यसलाई इन्जोय गर्नु हुन्छ । मलाइ मन पर्ने जनरा पनि हो । नेपाली फिल्म पनि साउथ इण्डियन स्तरको बन्न सक्छ भन्ने उदाहरण हो, रणवीर ।

सुनिल थापा: फिल्म राम्रो बनेको छ । मेकिङ निकै राम्रो छ, साथै यो मसालेदार फिल्म भएपनि संदेश दिन्छ । कलाकारको काम निकै राम्रो छ, यसमा निर्माताले दिल खोलेर खर्च गरेका छन् भने निर्देशकले आफ्नो सम्भावना देखाएका छन् । फिल्मले दर्शकलाई बोर हुन् दिदैन ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.