चर्चित चलचित्र लेखक निर्देशक सुरज सुब्बा नाल्बोको नँया चलचित्र यहि जेष्ठ १९ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । सोमबार दरबारमार्ग स्थित क्युस सिनेमामा चलचित्रको ट्रेलर रिलिज कार्यक्रम सम्पन्न भयो । थुप्रै अग्रज कलाकार र संचारकर्मीहरुको उपस्तिथिमा यो सोसियल ड्रामा चलचित्रको नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।
यो पनि हेर्नुहोस् : रेखा थापा अभिनित हिरो रिटर्नसको टिजर
विल्सन बिक्रम राइ, गौरभ पहारी, संयम पुरी, अनुराग कुँवर आदिको अभिनय रहेको यो चलचित्रको एक गीतमा माला लिम्बुको आइटम डान्स देख्न सकिनेछ । ४ बटा चलचित्रसंग जुध्न लागेको यो चलचित्रका निर्देशकले सबै ४ फिल्मलार्इ शुभकामना प्रदान गरे । कार्यक्रममा उपस्थित अग्रज कलाकार सुनिल थापाले भने आफुले यो चलचित्र हेरिसकेको र दर्शकले चलचित्र हेरेपछि यदि मनपरेन भने सबैले चलचित्रको टिमलार्इ नभएर आफुलाई नै गालि गर्दा नि हुन्छ भनि निर्देशक नाल्बोको यो चलचित्र प्रति बिस्वास ब्यक्त गरे ।
रातो घरको ट्रेलर र गीत यहाँ हेर्न सक्नुहुनेछ ।
Liked by: