तीज आउँन अब धेरै समय बाकि नरहदा चलचित्र “रोमियो एण्ड मुना”को निर्माण पक्षले सहि समयमा आफ्नो चलचित्रको तीज गीत सार्वजनिक गरेको छ । मेनुका प्रधान , बसुन्धरा भुषालको अतिथि उपस्थितिमा चलचित्रका कलाकार श्रिष्टि श्रेष्ठ , सुष्मा कार्की र बिनय श्रेष्ठलार्इ समेटेर उक्त तीज गीत “डान्समा एक नम्बर” छायांकन गरिएको हो ।
यो पनि हेर्नुहोस् : सौगात भन्छन्,"निखिलसँग काम गर्न सजिलो"
यस उत्कृष्ट गीतमा भर्खर मात्र "काले दार्इ"बाट ब्यापक सफलता पाएका कोशिष क्षेत्रीले संगीत दिएका हुन् । बसुन्धरा भुसालको नृत्य पक्कै पनि यो गीतको मुख्य आकर्षण बन्न पुगेको छ । २०१८ को फेब्ररीमा रिलिज हुने यस चलचित्रलार्इ निर्देशन भने नरेश कुमार केसीले गरेका हुन् ।
Liked by: