Saino Movie Song Mayalulai Jaatraima | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत रिलिज





राजधानिमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दको चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा नायीका मीरुना मगर र डेव्यु नायक राज कुमार जस्ता कलाकारहरुले नृत्य गरेका छन् । गीतमा कलाकारहरु जात्रामा नाचिरहेको देखाइएको छ । गीतको छायाँकन काभ्रेमा गरिएको छ । गीतको गीतको लेखक वरिष्ठ गीतकार चेतन कार्की हुन् । गीतमा प्रताप दास र मेलिना राइको स्वर रहेको छ । गीतका कोरियोग्राफर राम जी लामिछाने हुन् ।गीतमा वसन्त सापकोटा र किरण भुसालको संगीत रहेको छ । 

चलचित्रको डेव्यु निर्मात्री भुवन चन्द हुन् भने चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । शरण थापा चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रका कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन रहेको छ।चलचित्रमा मीरुना मगर,निता ढुङ्गागाना,राज कुमार,वसुन्धारा भुसाल, मदन दास श्रेष्ठ र श्याम राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र जेष्ठ १० गतेबाट रिलिज हुने भएको छ। 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.