Salin Yaatra Teaser | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सलिनको यात्रा टिजर सार्वजनिक





राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ मा रिलिज गरिने फिल्मको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केहि हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङ स्टार सलिन मान बनिया अभिनित फिल्म यसवर्षको प्रतिक्षित फिल्म मध्य एक हो । झन्डै एक मिनेट लामो टिजरमा उनको रोमान्टिकसँगै एक्सन अवतारलाई पनि समेटिएको छ ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मालिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।


सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.