सन्तोष सेन: संघर्षदेखि सफलतासम्म | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सन्तोष सेन: संघर्षदेखि सफलतासम्म





बि स २०७२ सालमा प्रदर्शनमा आएको चलचित्र “चंखे संखे पंखे”को प्रोमोशन सायद अहिले पनि नेपालि चलचित्र प्रेमीहरुको मन मष्तिस्कमा ताजा नै छ होला । केहि औंलामा गनिन सकिने चलचित्रहरुले मात्र लगानी सुनिश्चित गरिरहेको बेलामा या भनौं चलचित्र क्षेत्रमा संकटकाल लागिरहेको बेला चलचित्र निर्माण तथा यसको प्रोमोशनमा खर्च गर्न नहिच्किचाई यस उध्योगमा प्रवेश गरे निर्माता सन्तोष सेनले। त्यसबेला धेरैले उनको त्यो अन्दाजलाई शो-अफको रुपमा समेत लिएका थिए, तर निर्माता सेनको लागि चलचित्र शो-अफ हैन, जुनून थियो । नेपाली चलचित्रलार्इ पनि स्तरीय बनाउन सकिन्छ र नेपाली दर्शकहरुको स्वदेशी चलचित्र प्रति सहभागिता थप बढाउन सकिन्छ भन्ने उनको बिश्वास उनको पहिलो चलचित्र “चंखे संखे पंखे”ले केहि कारणबस पुरा भने गर्न सकेन ।

लामो समयको विदेश बसाइ पछी यहि क्षेत्रमा केहि गर्ने अठोट लिएर फर्किएका सन्तोष सेनले हार मान्ने कुरै थिएन । उनले आफ्नो आत्मबल थप बढाए र अर्को बर्ष फेरी थप उत्साहको साथ आफ्नो दोश्रो चलचित्र निर्माण गरे। सकारात्मक सोच भएका मानिसहरुको प्रयास बारम्बार खेर जादैन । उनको दोश्रो चलचित्र “प्रेमगीत”ले नेपाली चलचित्र जगतमा सदैव आफ्नो स्थान बनाउन सफल रह्यो । दर्शकले अत्याधिक रुचाए पछी निर्माता सेनले चलचित्रको लिगेसीलार्इ थप अगाडी बढाए र केहि समय पछी दर्शक सामु "प्रेमगीत २" पस्किए । २०७४ को सुपरहिट “प्रेमगीत २”ले सेनको सोचाइ अनुरुप नै नेपालि चलचित्रको स्तर बढेको दर्शकलार्इ बुझाउन सफल भयो ।



लगभग ५ बर्ष यो क्षेत्रमा बिताइसकेका निर्माता सेन चलचित्रको सबै साना साना पक्षलार्इ पनि उतिक्कै महत्व दिने नेपालका निक्कै कम निर्माता मध्य एक हुन् । आफ्नो ६ बर्षिय सुपुत्रलार्इ लन्च गर्न तैयार रहेका सेनले अहिले चलचित्रको निर्माणलार्इ निकै गम्भीर बिषयको रुपमा लिन थालेका छन् । सुपुत्र आयुब सेनको डेब्यु चलचित्र “मेरी मामू”को स्क्रिप्ट सशक्त बनाउन मात्र यी निर्माताले थुप्रै समय र लगानी खर्चेका छन् । एकसरो कथा मात्र सुनेर चलचित्र निर्माण गर्न हामी भर्ने धेरै निर्माताहरु अझ पनि भेटिन्छन्, त्यो भिडबाट बेग्लै छन् आशुसेन प्रडक्सनका यी निर्माता।



“मेरी मामु”बाट सफलताको ह्याट्रिक गर्न तैयार सन्तोष सेन र उनि जस्ता केहि निर्माताहरुको कारण, चलचित्रमा लगानी गर्न आउने मानिसलार्इ "मुर्गा" नाम दिइने चलन अहिले निक्कै घटेर गैसकेको छ । निर्माता सन्तोष सेनलार्इ हाम्रोपात्रोको तर्फबाट आफ्नो नँया चलचित्रको लागि अग्रिम शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.