Selfie King Contest | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / मनोरञ्जन

हाम्रो पात्रो तथा चलचित्र सेल्फी किङ्ग प्रस्तुत गर्दछ "हाम्रो सेल्फी किङ्ग Contest”





यहि माघ २४ गते प्रदर्शनको तयारीमा रहेको विपिन कार्की अभिनित चलचित्र “सेल्फी किङ्ग”सँगको सहाकार्यमा हाम्रो पात्रोले अब आफ्नो प्रयोगकर्ताहरुको लागि "हाम्रो सेल्फी किङ्ग Contest” लिएर आएको छ। ह्युमर र कमेडी हाउभाउमा सेल्फी तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो Community मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नुहुनेछ।

त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन्। तर त्यो अनिवार्य भने चाही छैन। पोष्ट गरिएका सेल्फीहरु मध्य विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ। त्यसरी खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टका आधारमा विजेताको चयन गरिनेछ।

"हाम्रो सेल्फी किङ्ग" Contest का एक जना भाग्यशाली विजेताले अनुप बरालको चर्चित "Actors Studio"मा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने चलचित्र सेल्फी किङ्गको प्रिमियर शोमा चलचित्रका कलाकारहरुसँगै चलचित्र हेर्न २ वटा प्रिमियरको पास प्रदान गरिनेछ। त्यसबाहेक कन्टेस्टका १० जना अन्य विजेताहरुलाई भने विशेष पुरस्कार अन्तर्गत २ ओटा प्रिमियरको पास प्रदान गरिनेछ। तपाईंले खिच्नुभएको सेल्फी पोष्ट गर्ने अन्तिम मिति माघ २० गते (February 3) सम्म रहेको छ भने विजेता घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गराइनेछ।

नियम तथा शर्तहरुः
१.    कमेडी हाउभाउ आउने गरी प्रतियोगीले आफ्नै शैलिमा सेल्फी (Selfie) फोटो खिचेर पठाउनु पर्नेछ ।
२.    यो प्रतियोगिता माघ ५ गतेदेखि माघ २० गते सम्म सञ्चालन हुनेछ ।
३.    विजेता (एक जना)लाई एक्टर्स स्टुडियोमा ३ महिने एक्टीङ्ग क्लासको छात्रवृति प्रदान गरिनेछ । छात्रवृति बाहेक लाग्ने अन्य सम्पुर्ण खर्चहरु विजेता स्वयमले बेहोर्नुपर्नेछ ।
४.    प्रतियोगितामा सहभागीमध्येका १० जना विजेतालाई विशेष पुरस्कारको रुपमा प्रत्येकलाई २-२ ओटा प्रिमियरको पास उपलब्ध गराइनेछ। उपत्यका बाहिरका विजेताको हकमा शुक्रबारको टिकट प्रदान गरिनेछ ।
५.    विजेता सम्बन्धी अन्तिम निर्णय चलचित्र SELFIE KING युनिटको हुनेछ ।

सेल्फी पोष्ट गर्ने यहाँ क्लिक गर्नुहोस्

विपिन कार्की अभिनित चलचित्र "सेल्फी किङ्ग"ले स्टारडमको कथालाई बोकेको छ। चर्चित भैसकेपछि कसरी मानिसहरुले आफुसँग सेल्फी खिच्न तैयार भएर आफुलाई सेल्फी किङ्ग बनाउछन् भन्ने विषयमा चर्चित निर्माण भएको हो। चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् । विशाल सापकोटाले निर्देशन गरेको चलचित्र यहि माघ २४ गते प्रदर्शनमा आउँदै छ ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.