हार्टअट्याक हैन डुबेर भएको थियो श्रीदेविको निधन | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

हार्टअट्याक हैन डुबेर भएको थियो श्रीदेविको निधन




   मन्दिप गाैतम - Feb 26 2018

"कार्डियाक अरेस्ट" हैन डुबेर श्रीदेवीको निधन भएको पुष्टि गरेको उक्त रिपोर्टले यी चर्चित नायिकाको मृत्युलाई समेत एउटा नाटकीय रुप दिएको छ ।



भारतको पहिलो महिला सुपरस्टार मानिने अभिनेत्री श्रीदेवीको ५४ बर्षको उमेरमा अकश्मात निधनको खबरले विश्वलाई रुवाएको छ । आफ्नो होटलको बाथरुममा मृत अवस्थामा भेटिएकी श्रीदेवीको मृत्युलाई "कार्डियाक अरेस्ट" अर्थात सामान्य तरिकाले बुझ्दा हार्टअट्याक भनेर भनिएको थियो । 

उनका देवर र बलिउड अभिनेता संजय कपुरले पनि आफ्नो स्वास्थको निक्कै ख्याल राख्ने श्रीदेवीलाई यस उमेरमा पनि कुनै मुटु सम्बन्धि समस्या नभएको हुदा "कार्डियाक अरेस्ट"ले उनको निधन भएको खबर अपत्यारिलो लागिरहेको उनले अन्तर्वार्तामा बताएका थिए । 

आफनो पारिवारिक समारोहको लागि दुबई पुगेकी श्रीदेवीको मृत शव अहिलेसम्म दुबई मै छ । त्यहाँ पोष्टमार्टमको प्रक्रिया सकिएपछी मात्र शवलाई भारत ल्याइने तैयारी थियो । तर, "कार्डियाक अरेस्ट" हैन डुबेर श्रीदेवीको निधन भएको पुष्टि गरेको उक्त रिपोर्टले यी चर्चित नायिकाको मृत्युलाई समेत एउटा नाटकीय रुप दिएको छ ।


बि बि सी अनुसार आफ्नो बाथटबमा अचेत अवस्थामा रहेकी श्रीदेवीलाई अस्पताल पुर्याउदा नै मृत घोषणा गरिएको थियो । हुन त श्रीदेवीको पोष्टमार्टम आइतवार नै भैसकेको थियो तर रिपोर्ट आउँन भने यति समय लाग्यो । रिपोर्ट नआउदा उनको डेथ सर्टिफिकेट बन्न सकेन र उनको पार्थिव शवलाई मुम्बईमा उनको घर 'भाग्य बंगला'मा ल्याउन ढिलाई भैरहेको थियो । 

'भाग्य बंगला'मा अहिले उनका लाखौ फ्यानहरु र आफन्तहरुले उनको शव पर्खियिरहेका छन् । पुरै घरलाई सेतो कपडा र फुलले ढाकिएको खबर भारतीय मेडियाले दिईरहेका छन् ।

खासमा मृत्यु भएको दिन श्रीदेवी आफ्नो कोठामा सुतिरहेकी थिइन । उनिसंग परिवारको समारोहमा दुबई गएका उनको श्रीमान र चर्चित चलचित्र निर्माता बोनी कपूर भने कामको सिलसिलामा भारत फर्किई सकेका थिए । तर त्यस दिन बोनी कपूर आफ्नो दोश्रो श्रीमती श्रीदेवीलाई सरप्राइज डिनर डेट दिन दुबई पुगे । त्यहाँ पुगेर उनले श्रीदेवीसँग १५ मिनेट जति कुराकानी गरे । डिनर डेटको लागि फ्रेश हुन बाथरुम पसेकी श्रीदेविले लामो समयसम्म ढोका खोलिनन् र बोनीले बाहिरबाट बोलाउदा कुनै प्रतिक्रिया दियिनन् ।त्यसो भएपछी ढोका जसोतसो खोलियो तर त्यतिन्जेलसम्म निकै ढिला भैसकेको थियो । श्रीदेवीको शरीरमा रक्शीको मात्रा भएको खबर पनि आज सार्वजनिक भएको रिपोर्टले खुलाएको छ ।

आफ्नो छोरीहरुलाई निकै माया गर्ने श्रीदेवीको जेठी सुपुत्री जाह्न्वी कपुरले यहि बर्ष बलिउडमा आफ्नो डेब्यु गर्दैछिन् । सबै भन्दा ठुलो संयोगको कुरा त के हो भने बोनी कपूरको पहिलो श्रीमती मोना कपूरको मृत्यु पनि उनको सुपुत्र अर्जुन कपूरको पहिलो चलचित्र रिलिज हुनु केहि महिना अघि मात्र भएको थियो । 

४ बर्षको उमेर देखि अभिनयमा सक्रिय यी सुपरस्टारको आधा शताब्दि लामो चलचित्र यात्राको सम्मान गर्दै हाम्रो पात्रो, सबैको मनमा अमर रहने यी नायिकालाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.