Sundariharuko Chalachitra Yaatra | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सुन्दरीहरुको चलचित्र यात्रा





पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ‘रणवीर’ मार्फत डेब्यु गर्दैछिन ।

नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन् , उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् । गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म 'रणवीर' को प्रमोसन गर्न मोफसलमा पुगेकी सुबेक्षाले आफ्नो क्यारेक्टर मात्र नभई फिल्म नै राम्रो भएको छ ।


‘मलाइ मिस नेपालमा सेकेन्ड रनरअप भए लगतै फिल्मको अफर आएको थियौ , केहीलाई भेटे अनि केहि कथा नसुनेको पनि होइन’ उनले भनिन् ‘मलाइ चित्त बुझ्दो कथा नआएकोले मैले फिल्म नगरेकी हु तर फिल्म गर्ने ईच्छा कहिँ कतै नभएको होइन ।’ उनले रोल मात्र नभई समग्रमा फिल्म नै राम्रो रहेको बताइन । 'मेरो रोल भन्दा पनि मैले समग्रमा पुरै फिल्मलाई नै हेरेकी हु' सुबेक्षाले दर्शकले खोजिरहेको फिल्म नै रणवीर रहेको बताइन । मोफसल टुर अन्तर्गत रणवीर टिमसँग रहेकी सुबेक्षाले चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो डेब्युको कारण खुलाएकी हुन् ।

लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भीर बिष्ट , रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.