सुर्के थैली खै लाइ युट्युब मा १ करोड ३३ लाख भन्दा धेरै दर्शक ले हेरिसके
चलचित्र वडा नं ६ को सुपरहिट गीत “सुर्के थैली खै” लाइ युट्युबमा एक करोड भन्दा बढी जनसंख्या ले हेरेको धेरै समय भएको छैन । केहि महिना आगाडी मात्रै सो चलचित्रको टिमले आफ्नो फिल्म को उक्त गीत ले अपार सफलता पाएको उपलक्ष्य मा खुशी आदान प्रदान गर्दै पार्टीको आयोजना समेत गरेको थियो । नेपाली चलचित्रका गीतहरुमा कुनै गीतले नपाएको सफलता पाएपछि सम्पूर्ण टिममा उत्साह भरिएको थियो । उत्कृष्ट चलचित्र निर्माण गर्ने टिमले बनाएको अर्को चलचित्र "छक्का पन्जा" ले नेपालमा कुनै फिल्म ले पाउन नसकेको व्यापारिक सफलता पायो । चलचित्र अझै पनि देशभरको थुप्रै सिनेमा घरमा प्रदर्शनमा आइरहेको छ ।
त्यहि फिल्म को गीत ‘पुर्व पश्चिम रेल” लार्इ अहिले युट्युब मा लगभग ८० लाख दर्शकले हेर्न लागिसके । केहि महिना आगाडी मात्र सार्वजनिक भनेको उक्त गीतले पाएको त्यो सफलता कम हैन । यस्तोमा यो गीतले पनि छिट्टैनै एक करोड भीउज् नाघ्ने अनुमान गर्नु गलत हैन ।
उक्त गीतमा राजन राज सिवाकोटी को संगीत रहेको छ भने गीत छकका पन्जा का सम्पूर्ण कलाकारहरु माथि फ़िल्माइएको छ । अहिले सुर्के थैली खै लाइ युट्युब मा १ करोड ३३ लाख भन्दा धेरै दर्शक ले हेरिसके ।
Liked by: