अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढि दर्शकहरु उपस्थित रहेको थियो ।
जापान, भाद्र ३१ । सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो ।
१२ बिधा र मास पपुलर ४ बिधामा मा दीइएको अवार्डम उत्कृष्ट फिल्म म यस्तो गित गाउँछु र उत्क्रिष्ट नायक पल शाह र नायिका पुजा शर्मा भएका छन् । दर्शकले दिएको भोटको आधारमा दिईएको अवार्ड मा पल र पुजा दुबै फिल्म म यस्तो गीत गाउँछुबाट उत्कृष्ट भएका हुन् । यस्तै उत्कृष्ट निर्देशक फिल्म म यस्तो गित गाउँछुबाट सुदर्शन थापाले अवार्ड उचालेक छन् । अन्य बिधाहरुमा उत्क्रिष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भएका छन् ।
आयोजकले भोटिङ्गको आधारमा बाहेक आयोजकले मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत बर्ष प्रदर्शनमा आएको फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ बिधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्कृष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा छक्का पञ्जा २ रहेको छ । यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड-२०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशिल सदबहार नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मान-२०१८ प्रदान गरिएको छ ।
निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता-२०१८ बाट पुरस्कृत गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्कृत गरिएको छ । अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भएका छन् ।
यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्कृष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँच सय भन्दा बढि दर्शकहरु उपस्थित रहेको थियो । अवार्ड समारोहले नेपाली कला, संस्कृतिको संरक्षण तथा नेपाली फिल्म र गीत सङ्गीतको प्रवर्धनमा टेवा पुग्ने आयोजकको दाबी छ । अवार्ड समारोह पछि जापानम निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताउनुभयो ।
कार्यक्रमको समापनसंगै अवार्ड सेरोमेनीमा भोटिङ्ग सिष्टमको लागी बीइआईटी कम्पनीका पवन थापाले हाम्रो पात्रोसंग कुरा गर्दै भन्नुभयो, "यस विशिष्ट अायोजनलार्इ नेपालबाट हामीले प्राप्त गरेको उर्जायूक्त सहयोगका लागि नेपाली मेडीया, मेडीयाकर्मीहरु तथा चलचित्र क्षेत्रसंग सम्बद्ध कलाकारहरुप्रति अाभार व्यक्त गर्दछु । हाम्रो यस प्रथम प्रयासको सफलताले अागामी वर्षहरुलार्इ अझ भव्य र विशेष बनाउन हौसला मिलेको छ ।"
Liked by: