नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइेको ‘सुर्य इन्टरनेसनल अवार्ड’ कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तमाङ्ग ( हैट), सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ६२ जनाको टोली अन्तर्गत चलचित्रकर्मी एबम संगीतकर्मी , पत्रकार र आगन्तुक पाहुनाहारुको उपस्थिति रहेको थियो ।
नेपाली कलाकर्मीको जम्बो टोलीका साथ जापानको टोकियो स्थित नाकानो जिरो हलमा आइतबार साँझ अवार्ड कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुर्य रत्न सम्मान प्रदान गरिएको थियो । यस्तै वरिष्ठ अभिनेता निर विक्रम शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । कलाकार तथा विमान चालक विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान’ प्रदान गरियो भने दुई दशक लामो समय कला पत्रकारितामा सक्रिय पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई यसपटकको ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । सुवेदीलाई २५ हजार (जापनि एन ) सहित पुरस्कार दिइयो ।
त्यस्तै पपुलर फिल्म छक्का पान्जा ३, पपुलर फिल्म निर्देशक सोहि फिल्मबाट दीपा श्री निरौला, पपुलर एक्टर क्याप्टेन फिल्मबाट अनमोल केसी, एक्ट्रेस साम्राज्ञी आरएल शाह, पपुलर सह अभिनेता चंगा चेटबाट बुद्धि तामांग र सह अभिनेत्री गोपीबाट बर्षा राउतले अवार्ड प्राप्त गर्न सफल भए ।
आधुनिक गीत तर्फ दर्शन नमस्ते भाग ५ बाट राजेश पायल राईले अवार्ड प्राप्त गरे । त्यस्तै पिरिम नलाउनेबाट गायिका मेलिना राई, पप गीतमा गायक संजय पराजुली र गायिका टिका प्रसाईं गीत कर्के नजरमार्फत अवार्डबाट सम्मानित भए । लोक गीतबाट गायक कुलेंद्र बिक र गायिका मन्जु पौडेलले अवार्ड हात पारे ।
बेस्ट क्रिटिक्स अवार्ड अन्तर्गत फिल्म प्रसाद, अभिनेता बिपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ बने । फिल्म गोपी मार्फत निर्देशक दिपेन्द्र लामालाई अवार्ड प्रदान गरियको थियो ।
विश्वको महँगो शहरमध्यको एक शहर जापान को टोकियो जस्तो स्थानमा यति धेरै कलाकारहरु उपस्थित गराउन सक्नु मात्र नै कार्यक्रम सफल भएको भन्दै चलचित्र बिकास बोर्डको कार्यकारी प्रमुख केशब भट्टराईले मुक्त कन्ठले अवार्डको प्रशंसा गरेका थिए । कार्यक्रममा दर्सकको उपस्थिती कम देखिएकोमा, सुर्यमा ग्रहन लाग्यो भन्दैमा आतिनु पर्दैन, अहिले सुर्यमा ग्रहन लागेको हो जुन क्षणिक समयको लागि मात्र हो । पानी पर्नु अघी ढाकिएको बादलको केही पलका अंध्यारोपन खल्लो लाग्नु स्वभाबिक नै हो तर त्यो पनि क्षणिक नै हो भनी मह जोडी ले हौसल प्रदान गरेका थिए । करिव-करिव आफ्नो पुरा जिबन नै चलचित्र क्षेत्रमा समर्पित गरेका मुर्धन्य ब्यक्तित्व निर बिक्रम शाह, जस्ले यो किसिमको कलाकारको उपस्थित सहितको कार्यक्रम बिदेशको स्थानमा आज सम्म कमै भएको पाएको छु , आयोजक सस्थाको यो सराहानिय कामप्रती नमन गर्दै सफल कार्यक्रमको लागि बधाई पनि दिनु भएको थियो ।
अवार्ड’ कार्यक्रमको भोली पल्ट कर्पोरेसनले अघिल्लो बर्ष जस्ता कलाकारको सम्मानका खातिर क्रुज पार्टीको आयोजना गरेको थियो । क्रुज पार्टीमा खानपिनको रमाइलोका साथै नेपालबाट आगन्तुक पाहुना कलाकार, र क्रृयु मेम्बरहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपालको इतिहासमा शायद यो पहिलो पटक हुन सक्छ कि अवार्ड’ कार्यक्रममा नेपाल सरकारको तर्फबाट नेपाल एयरलायन्सले कलाकारहरुलाई ५० प्रतिशत छुत शहित जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको थियो । नेपाल सरकारको तर्फबाट सुचना तथा संचार मन्त्रालय अन्तर्गत्को चलचित्र बिकास बोर्ड र पर्यतन मन्त्रालय अन्तर्गतको पर्यतन बोर्डले ‘सुर्य इन्टरनेसनल अवार्ड’ २०१९ सँग शहकार्य गरेको थियो । एसैगरी गृह मन्त्रालय अन्तर्गतको एपीएफको सहकार्यमा आफ्नो सांस्कृतिक टोली सहित रोचक नृत्यको प्रस्तुती देखाएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख अतिथि रहेको कार्यक्रम,सुर्य कर्पोरेसन लिमिटेडका कार्यकारी अध्यक्ष बाशुदेव लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।
४९ जना कलाकारको उपस्थितिमा सम्पन्न अघिल्लो पटक गरिएको अवार्ड सुर्य कर्पोरेसनको पहिलो अवार्ड थियो जुन जापानको टोकियोमा नै गरेको थियो । अघोल्लो पटक सम्पन्न अवार्डमा बसुन्धरा भुषाललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने पत्रकार सामिप्यराज तिमल्सेनालाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । हरेक बर्ष ‘’साकुरा नाइट’’ नामक जापानमा गत केहि बर्षदेखि म्युजिकल टुर गर्दै आईरहेको कर्पोरेसनले यस पटक नेपालबाट पनि टुर को सुरुवात गरेको छ । नेपाली चलचित्रको इन्टरनेशनल राईट्स लिने क्रममा ‘’छक्का पन्जा ३’’ चलचित्र को अधिकार लिगि यस अघी जापानको १५ बढी शहरहरुमा सफल प्रदशन गरेको थियो भने यस्पाली पनि ‘’छ माया छपक्कै’’ नामक चलचित्र को जापान राईट्स लिगेको छ । आगामी २०२० को प्रदशनको मिती तय गर्ने गरी फ्लोरमा जाने तयारी गरिरहेको भुवन के.सी र अनमोल के.सी को ब्यानर ( काजोल फ़िल्म ) को चलचित्र एन्टि हिरो को विश्वब्यापि राईट्स पनि सुर्य कोर्पोर्सनले लिगिसकेको कर्पोरेशनका कार्यकारी अध्यक्ष बाशुदेव लामिछानेले जानकारी गराए ।
Liked by: