Surya International Award Top Three | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१९ का उत्कृष्ट ३ (भोटिंग खुल्ला)





जापानको राजधानी टोक्योमा आयोजना हुन लागिरहेको देशको एउटा प्रतिष्ठित मनोरञ्जनात्मक अवार्ड शो ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ को हरेक विधाका टप ३ मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुको सुची अहिले दर्शक माझ छन्। हरेक विधाका उत्कृष्ट ३ मध्य विजेता छान्ने काम भने अब दर्शकहरुले भोटिंग मार्फत गर्नेछन्। टोक्योको नाकानो जिरो हलमा २४ नोभेम्बरमा हुने यस अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

यस वर्ष अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी आयोजकले हामीलाई दिएका छन्। यस अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ । बाकिका अवार्ड भने दर्शकको भोटको आधारमा विजेता चयन गरि प्रदान गरिनेछ।

अवार्डको नोमिनेशमा परेका टप तीनलाई भोट गर्न सुर्य इन्टरनेशनल अवार्डस् को तल भएको लिङ्क क्लिक गरेर भोट गर्न सकिनेछ ।

भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

उत्कृष्ट फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट


उत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३


उत्कृष्ट अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन


उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी


उत्कृष्ट सह अभिनेता
केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले


उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५


उत्कृष्ट पप गायक
कमल खत्री – पहिलो मायो
संजिव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन


उत्कृष्ट पप गायिका
टिका प्रसाई – कर्के नजर
इन्दिरा जोशी – रेलिमाई
त्रिशाला गुरुङ – यो मन


उत्कृष्ट आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४


उत्कृष्ट आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना


उत्कृष्ट लोक गायक
कुलेन्द्र बिक – सालको पात
खुमन अधिकारी – १४ अञ्चल ससुराल
पशुपति शर्मा – गाह्रो हुन्छ फेरी


उत्कृष्ट लोक गायिका
सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
बिष्णु माझी – सालको पात



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.