देश दौडाहा अन्तर्गत फिल्म ’रणवीर’ युनिटले बुटवलमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका रणवीर अर्थात् सुशील सिटौलाले आफ्नो डेब्यु रणवीर भएको बताएका छन् । उनले अघिल्ला फिल्मले चिनाएको र यसले स्थापित हुने विश्वास व्यक्त गरे । ’रणवीर बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु रणवीर हो , यस अर्थमा कि यसमा दर्शक नयाँ सुशीलले देख्नु हुनेछ’ सुशीलले बुटवलको सञ्चारकर्मीसँग सम्बोधन गर्दै भने ’फिल्ममा मेरो भूमिका धनगढीको एक युवाको छ जसको जीवनमा आउने आरोह अवरोहनै रणवीर हो ।’ उनले रणवीर बन्नकै निमित १५ किलो वजन बढाएका थिए भने फाइट पनि सिकेका थिए ।
’फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ’ सुशीलले भने ’एउटा राम्रो टीमले तयार गरेको हो रणवीर ।’ उनले फिल्मका निर्माताद्वय दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापा तथा निर्देशक तथा लेखक गोविन्द सिंह भण्डारीले कहिँ कतै सम्झौता नगरी फिल्म तयार गरेको बताए । उनले रणवीर बनाउने गरेको मेहनत र विश्वास प्रति आभारी रहेको समेत बताए । साउथ इण्डियन केहि फिल्ममा एसिस्टेन्टको रुपमा काम गरिसकेका निर्देशक भण्डारी , सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का र सुपुस्पा भट्टले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् ।
‘म फिल्ममा आउँन नचाहेको होइन तर मलाइ मन पर्ने स्क्रिप्ट र टिम नपाएकी हु’ सुबेक्षा भन्छिन् ‘फिल्मले दर्शकलाइ निराश बनाउदैन अनि मेकिङ पनि एक स्टेप माथि छ ।’ अर्की डेब्यु गर्ल सुपुस्पा भट्ट पनि निकै आश्वादी छिन । ‘डेब्युमै राम्रो टिम पाए , मलाइ नया भएको फिलनै भएन’ सुपुस्पा भन्छिन् ‘डेब्यु फिल्म मार्फतनै दर्शकको मन जित्ने किसीमको काम गरेकी छु जस्तो लाग्छ , आश छ दर्शकले रुचाउनु हुन्छ ।’ फिल्ममा प्रशान्त ताम्राकार ,टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।
फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
Liked by: