Swastima Mukun Request | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

स्वस्तिमाको मुकुनलाई आग्रह : मलाई बुढी भनन





समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको फिल्म ‘बुलबुल’ले फिल्म भित्रको एक दृश्य सार्वजनिक गरेको छ । सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समेटिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । फिल्मको लेखकसमेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको जानकारी गराए ।

यो दृश्यले प्रेमको आशक्ति र मनोदशालाई सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ । पौडेलले भने, ‘ यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । फिल्म हेर्ने धेरैले यो दृश्यलाई फिल्मको मुटु भएको र धेरैले आफुपनि नोस्टाल्जियमा पुगेको पनि प्रतिक्रिया दिएका छन् । दृश्यले फिल्म कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ । अहिलेसम्म फिल्म नहेरेका दर्शकलाई फिल्मप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगरको भूमिका निर्वाह गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर भन्न सकिने पनि पौडेलले बताए ।’


शुक्रबारबाट प्रदर्शन थालेको फिल्मले सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइनमा उत्कृष्ट समीक्षा पाउँदै आएको छ । समीक्षकले फिल्मको प्रस्तुति, अभिनय, प्राविधिक काम र निर्देशन दुर्लभ भएको प्रतिक्रिया दिएका छन् । निर्माता अविरल थापाले फिल्मको व्यापार दिन प्रतिदिन बढदै गएको बताएका छन् । ‘शनिबार लगभग शतप्रतिशत र बाँकी दिनमा चालिसदेखि पचास प्रतिशतको हिसाबले फिल्मले दर्शक पाइरहेको छ । यो आँकडा हाम्रो अनुमान अनुरुप नै छ । यसरीनै माउथ पव्लिसिटी बढदै गए सप्ताहान्तसम्ममा हामी लगानीका हिसाबले सुरक्षित हुन्छौं भन्ने विश्वास छ,’थापाले भने ।

फिल्म १ करोड हाराहारीको बजेटमा बनेको हो । निर्माता थापाले फिल्मले राम्रो समीक्षा पाएसँगै डायस्पोरामा पनि फिल्मको माग बढेको र आफनो सिनेमा सबटाइटल राखेर संसारभर बिक्री गर्न सकिने स्तरको भएको हुँदा अन्य विदेशी बजारमा पनि किनबेचको प्रक्रिया अघि बढिरहेको जानकारी गराए ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.03
  • 110.63
  • European euro
  • 124.49
  • 125.17
  • UK pound sterling
  • 145.42
  • 146.21
  • Swiss franc
  • 110.73
  • 111.33
  • Australian dollar
  • 77.97
  • 78.4
  • Canadian dollar
  • 82.04
  • 82.49
  • Singapore dollar
  • 81.35
  • 81.8
  • Japanese yen (10)
  • 10.01
  • 10.06
  • Chinese renminbi (Yuan)
  • 16.38
  • 16.47
  • Saudi Arabian riyal
  • 29.34
  • 29.5
  • Qatari riyal
  • 30.22
  • 30.39
  • Thai baht
  • 3.47
  • 3.48
  • UAE Dirham
  • 29.96
  • 30.12
  • Malaysian ringgit
  • 27.07
  • 27.22
  • Korean Won (100)
  • 9.68
  • 9.74
  • Swedish Krone
  • 11.86
  • 11.92
  • Danish Krone
  • 16.66
  • 16.75

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम