“इन्टु मिन्टु लण्डनमा”को टिजर सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

“इन्टु मिन्टु लण्डनमा”को टिजर सार्वजनिक





थुप्रै सुपरहिट गीतहरुमा आफ्नो नृत्य निर्देशनको जादु चलाउन सफल कोरियोग्राफर रेनषा बान्तवा राइले निर्देशन गरेको चलचित्र “इन्टु मिन्टु लण्डनमा”को टिजर सार्वजनिक भएको छ । युट्युब स्टार धिरज मगर र साम्राज्ञी आर एल शाहको अभिनय देख्न सकिने यस रोमान्टिक चलचित्रको आज कमलपोखरी स्थित कुमारी सिनेमामा आयोजना भएको कार्यक्रममा थुप्रै चलचित्रकर्मी र संचारकर्मीहरुमाझ टिजर सार्वजनिक गरिएको हो ।


आइकोर फिल्म्सले निर्माण गरेको यो चलचित्र निर्देशक रेनषा राइ र अभिनेता धिरज मगरको पहिलो चलचित्र पनि हो भने चलचित्रमा यी दुइ का अलावा सारुक ताम्राकार, विजय लामा र पत्रकार दिल भुषण पाठकको पनि उपस्थिति रहेको छ । आफ्नो पहिलो चलचित्र भएका कारण निर्देशक रेनषाले चलचित्रको लागि निक्कै मेहनत गरेको कुरा आज आयोजित प्रेस मिटमा बताइन ।


अहिले जारि विश्वकप सकिएपछी चलचित्रको पहिलो गीत पनि सार्वजनिक हुने कुरा समेत आजको कार्यक्रममा निर्माण पक्षले जानकारी दिएका छन् । चलचित्र “इन्टु मिन्टु लण्डनमा” यहि आउने आश्विन ५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.